१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छ’

महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताएका छन्।

बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताएका हु्न्।

उनले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए। त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ। उनले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरे।

उनले भने– ‘अहिले जुन हामीले रणनीति अपनाइरहेका छौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, शतर्कता केन्द्रले, अथवा एउटा कुनै कार्यालयले भ्रष्टाचार नियन्त्रण गर्ने अरु सबै चाहीँ गर्नका लागि स्थापना भएका हुन् ति सबै अफिसहरु। सबै निकायहरु गर्नका लागि स्थापना भएका हुन् त? सबै निकायहरु उत्तिकै जिम्मेवार हुनुप¥यो नि। सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुप¥यो। सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु उत्तिकै जिम्मेवार हुनुप¥यो। अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनुप¥यो। सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने शिलशिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने शिलशिलामा धेरै यस्ता अनियमितताहरु, विकृतिहरु, बेथितिहरु, भ्रष्टाचारका कुरा भएका छन्। त्यसमा सुधार हुनुपर्छ। नागरिकको भुमिका निगरानीकै कुरा हो। खबरदारीको कुरा हो। तेस्रो कुरा नागरिकहरु आफू संलग्न हुनुभएन। भ्रष्ट गतिविधिहरु, भ्रष्ट अभ्यासहरुमा आफू संलग्न हुनुभएन। अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको अवस्था छ। नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो। खबरदारी गर्नुपर्‍यो। आफ्नो नजिकको स्थानीय तहमा, अथवा सरकारले गरिरहेका काम, कारबाहीको निगरानी गर्नुपर्‍यो। सरकारको कामको चासो राख्नुपर्‍यो।’

उनले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताए। नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरुमा संलग्न हुनु नहुने उनको भनाई छ। उनले अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै नागरिकहरुले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३ जेष्ठ २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App