१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दलहरुभित्र सुधार हुनुपर्छ: नेता पौडेल

इटहरी- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक सम्मानित हुनका लागि दलहरुभित्रै सुधार हुनुपर्ने बताएका छन्। उनले नेपाली कांग्रेसभित्र पनि सुधार हुनुपर्ने बताए।

‘नेपालको राजनीतिप्रति वितृष्ण पैदा भएको छ,’ बरिष्ठ नेता पौडेललले शनिबार इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा भने, ‘पार्टीभित्र नैतिक उथ्थान, पारदर्शिता र निष्ठा हुनुपर्छ।’

 उनले नेपाली कांग्रेसभित्र पनि कांग्रेसको आचारण पालना गर्नुपर्ने जिकिर गरे। ‘वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता नेताहरुको आचारण अनुसार काँग्रेस अघि बढ्ने हो भने मुलुकको राजनीतिक समानित हुनेछ।’उनले कांग्रेसले कांग्रेसको धर्म छाडेपछि पार्टीमा समस्या आएको बताए।

नेता पौडेलले पार्टीहरुलाई सुधार गर्ने र नैतिकवान बनाउने काममा सञ्चारकर्मीको भूमिका हुनुपर्ने बताए। ‘पार्टीहरु र देशलाई ठीक ढंगले अघि बढाउन सञ्चारकर्मीको विशेष भूमिका हुन्छ,’ उनले भने, ‘राष्ट्रको संकट टार्ने कुरामा सञ्चारकर्मीले भूमिका खेल्नुहोस्।’उनले राष्ट्रिय प्रतिक्रियावादी र अन्तराष्ट्रिय षडयन्त्रकारीको जहिले चलखेल गर्दा मुलुक अघि बढ्न नसकेको बताए।

 नेता पौडेलले नवनिर्वाचित महासंघका शाखा अध्यक्ष सहित कार्यसमितिका पदखाधिकारी, सदस्य, प्रदेश पार्षद र केन्द्रीय पार्षदकलाई प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष केशव घिमिरेले पद हस्तान्तरण गरे। सो क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति राजीव कोइराला, प्रेस सेन्टर प्रदेश नं. १ का अध्यक्ष राजन केडी, नेपाल पत्रकार महासंघ सुनसरी शाखा पूर्व अध्यक्ष कृष्णबिनोद लम्साल, नेपाल प्रेस यूनियन जिल्ला अध्यक्ष गणेश निरौलालगायतले बोलेका थिए।

यसैबीच, लायन्स क्लब अफ  रामधुनी झूम्का सुनसरीले तीन जना पत्रकारलाई सम्मान गरेको छ। क्लबले कृष्ण अधिकारी, किशोरकुमार कार्की र सन्तोष यादवलाई सम्मान गरेको हो। अधिकारी र कार्कीलाई अग्रज पत्रकारको रुपमा र यादवलाई युवा पत्रकारको रुपमा सम्मान गरेको क्लबका अध्यक्ष डिल्ली कार्कीले बताए। तीनै जनालाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दोसल्ला ओढाएर र सम्मानपत्र पत्र प्रदान गरि सम्मान गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७३ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App