२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा छन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन।

बिहीवार वैशाख ५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो कुरा बताएकी हुन। उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहेपनि मिति भने तोकि नसकिएको बताइन। 

उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने बताइन। उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेपनि बताइन।  

मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारसँग छलफलका एजेण्डाहरु तय गर्नेपनि बताइन।

प्रकाशित: ७ वैशाख २०८० १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App