१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विविधताको एकता नै नेपालीको विशेषता: उपराष्ट्रपति पुन

झापा- उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको बलियो एकता नै नेपालीको विशेषता भएको बताएका छन्। आइतबार झापाको लखनपुरमा हेभेन्ली पाथ नेपालले ‘विश्वशान्ती र प्राणी जगतको कल्याणको कामना’ गर्दै आयोजना गरेको दु:खहरण पूजाको उद्‍घाटन  गर्दै उपराष्ट्रपति पुनले नेपाल बहुजाती, बहुभाषी, बहुसाँस्कृतिक विविधता भएको मुलुक भएकाले सबैले एक अर्काको पहिचानलाई सम्मानसाथ स्वीकार गर्न  आवश्यक रहेको बताए।

 उनले धर्मका नाममा कतै–कतै विभेद समेत हुने गरेको र यसबाट घरेलु हिंसा, महिलामाथि उत्पीडन आदी हुने गरेको भन्दै त्यस्ता विभेद र असमानतालाई हटाउने धार्मिक उदेश्यको राष्ट्रले सम्मान गर्ने बताए।  उनले प्रेमवादी दर्शनका आधारमा स्वर्गीक मार्ग संघ नेपालले समाजलाई अनुशासित राख्दै समृद्ध र सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरे ।  उनले भूकम्प पीडितहरुको उद्धार र राहतमा समेत स्वर्गीक मार्ग संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।  

लखनपुर– १ स्थित निर्माणाधिन आदिवासी रंगशालामा आयोजना गरिएको दुखहरण पूजाको अवसर पारेर बिहान दमकदेखि  पूजास्थलसम्म बृहत र्याली निकालिएको थियो । विहान हजारौं सहभागिहरुले विश्व शान्ती, प्राणिजगतको कल्याण र आध्यात्मिक चेतनाको विकासका लागि  आव्हान गर्दै प्रेमवाद लेखिएका तुल ब्यानर, झण्डासहित बहुसाँस्कृतिक र्याली निकालिएको हो । कार्यक्रमका व्यवस्थापक राम चाम्लिङका अनुसार  हेभेन्ली पाथ नेपालको हेडक्वार्टर र हेभेन्ली पाथ नेपालको आयोजना तथा झापा शाखाको व्यवस्थापनमा सो अनुष्ठान आयोजना गरिएको हो । सो पूजामा  सहभागि हुँदा सबै किसिमका दुख कष्टहरुबाट मुक्ति पाइने,  बर्षभरी जान अन्जानमा भएका गल्ती त्रुटीहरुप्रति क्षमा याचना मिल्ने विश्वास रही आएको प्रेमवाद दर्शनका अनुयायीहरुको विश्वास छ ।

  सो दर्शनका प्रतिपादक मानिएका वाल तपस्वी गुरु ओमनन्दसहित मुस्लिम, हिन्दु, बौद्ध, किराँत , क्रिश्चीयन लगायतका विभिन्न धर्मका गुरुहरु सहभागी भएको आयोजकले जनाएको छ ।  पूजास्थल रंगशाला परिसरमा मुख्य गुरु ओमनन्दसहित करीब ७ सय जना गुरुहरुबाट कूल २७ वटा मण्डपमा पूजाआजा गरिएको थियो।

 

प्रकाशित: १७ पुस २०७३ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App