वीरगंज- काँग्रेस माहामन्त्री शशांक कोइरालाले संविधानलाई ६० बर्षमा नेपालले पाएको उपलब्धी बताउँदै यसको कार्यान्वयनका लागि संशोधन र तीनै तहको निर्वाचन आवश्यक भएको बताएका छन्। संविधानमा धेरैकुरा बाझिएकाले केही परिवर्तन गरेर मिलाउनुपर्ने जरुरी रहेको उनको भनाई छ।
नेपाली काँग्रेसले संविधानभित्र परिर्वतनको प्रस्ताव लिएर अगाडी बढेको र एमालले विरोध जनाएको कुरा जोड्दै उनले परिर्वतन आवश्यक रहेको बताए। संविधान लागु गर्न ३ वटा तह कै निर्वाचन आवश्यक रहेको उनको भनाई छ। राजनीतिक स्थिरताबिना परिवर्तन आउन सक्ने बताउँदै पछिल्लो ६० बर्षमा धेरैजसो समय अस्थिरतामा गुज्रेको जिकिर गरे। ‘अहिले राजनीति ठिक चलिरहेको छैन्, यत्रो समस्यैसमस्या छ। राष्ट्रिय गरिबी त्यतिकै छ,’ उनले भने, ‘दुई कालखण्डमा मात्र नेपालमा प्रगती भए, एउटा विशेश्वर कोइराला १८ महिना प्रधानमन्त्री हुँदा, अर्को २०४८ देखी ५१ गिरिजाप्रसाद कोइरालाको पालामा।’
प्रकाशित: १६ पुस २०७३ ०९:२१ शनिबार