१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संबिधान संशोधनको प्रस्ताब नैतिक रुपमा अस्वीकृत भैसक्यो :ढकाल

 काठमाडौं- नेपाल परिवार दलका अध्यक्ष  एकनाथ ढकालले नैतिक रुपमा संबिधान संशोधनको प्रस्ताब अस्वीकृत भईसकेको बताउँदै सरकारले उक्त प्रस्ताब फिर्ता लिएर राजनैतिक सहमतिको बाताबरण बनाउन आग्रह गरेका छन्। पूर्ब मन्त्रीसमेत रहेका ढकालले एक तिहाई भन्दा बढ़ी सांसद संशोधनको बिपक्षमा रहेको, सत्ता पक्षकै कतिपय नेता, मन्त्री तथा सांसदहरु पनि संशोधनको पिपक्षमा रहनु सम्बंधित प्रदेशका बासिन्दाहरु संशोधनको बिपक्षमा आन्दोलनमा होमियको सन्दर्भमा संशोधनको प्रस्ताब यथास्थितिमा औचित्यहीन रहेको जिकिर गरे।

ढकालले  सरकार राष्ट्रियताको सवलमा चुकेको,  निर्बाचन गराउन गंभीर नभएको र गैर संबैधानिक तबरले संबिधान संशोधनको प्रस्ताब ल्याएकोले मुलुक थप राजनैतिक द्द्वन्द तर्फ जाने खतरा बढेको उल्लेख गरे। विकासोन्मुख राष्ट्रका लागि बाताबरणीय मैत्री मलखाद उत्पादन र प्रयोग  सम्बन्धी  राजधानीमा  शनिबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्ब मन्त्री ढकालले अत्याधिक रासायिनिक मलको प्रयोग गर्ने , पुर्बाधार निर्माण र शहरीकरणमा बाताबरणलाइ ख्याल नगरे नेपालको प्राकृतिक सुन्दरता र उत्पादन क्षमता खतरामा पर्ने चेताबनी दिदै नेपालको भविष्य बाताबरण मैत्री नीतिमा निर्भर हुने बताए। 

प्रकाशित: ९ पुस २०७३ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App