१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

ताप्लेजुङ–स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार  ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।

प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले देशका अधिकतर जिल्लाबाट गाँउपालिका निमार्णको प्रतिबेदन आइसकेको भन्दै नआएका जिल्लालाई तीनवटा बिकल्प दिने तयारी भएको बताए । उनका अनुसार पहिलो बिकल्प भनेको स्थानीय दलबीचको अधिकतम् सहमतिको दस्तावेज पुर्नसंरचना आयोगमा आई पुुगोस् भन्ने हो । जवेगुका अनुसार दोस्रो सर्तमा प्रतिवेदन नआइपुुगेका जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुका बीचमा गरिने संवाद र समझदारीलाई पुर्नसंरचनाका लागि आधार बनाउन सकिने छ । 

उनले यि दुई बिकल्पका सहमति नबनेमा पुर्न संरचना आयोगले स्थानीय भूगोल र क्षेत्रलाई आधार मानेर पुर्नसंरचनाको खाका तयार पार्न सकिने उनले संकेत गरेका छन् । यसका लागि पुर्नसंरचना आयोगलाई स्थानीय विकाश मन्त्रालयले सकारात्मक सहयोग गरिरहेको समेत जवेगुले बताए । उनले संविधान निर्माणका क्रममा संगै देखिएका दलहरु कार्यन्वयनको विषयमा पनि एकजुट हुनु पर्ने आवश्यकता रहेको बताए ।
 

प्रकाशित: २२ मंसिर २०७३ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App