१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई मुद्धा हालेर अर्को द्वन्द्व निम्त्याउन खोजियोः मुख्यमन्त्री जम्कटेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कटेल / तस्वीर अनिल भण्डारी- नागरिक

बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कटेलले बर्तमान प्रधानमन्त्रीलाई मुद्धा हालेर अर्को द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्। अब द्वन्द्व नचाहेको र शान्ति चाहेको बेला राजनीतिक मुडभेड तर्फ लाने संकेत प्रचण्ड विरुद्धको द्वन्द्वले देखाएको उनको भनाई छ।  

द्वन्द्वको समयमा राज्य पक्षबाट र तत्कालिक विद्रोही पक्षबाट भएको क्षतिको सबैको साझा निष्कर्ष शान्ति सम्झौता भएको उनको भनाई थियो। सिन्धुलीको गोलञ्जोर गाँउपालिका १ डुडभन्जयाङको कामदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री जम्कटप्रचण्डले एउटा कार्यक्रममा बोलेको विषयलाई अतिरञ्जित गरेर प्रधानमन्त्रीलाई मुद्धा लगाउने काम भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेको जम्कटेलले द्वन्द्वकालमा पिडित बनेकालाई न्याय दिनुपर्ने बताउदै उनले न्याय अदालती प्रक्रियामा गएर नहुने बताए। अदालतै जाने हो भने ७७ ओटै जिल्लाका हजारौ व्यक्तिहरुलाई मुद्धा लाग्ने भन्दै तत्कालिन सेना प्रहरीका प्रमुख तथा तत्कालिन राजनीतिक दलका नेताहरु माथि तथा अन्य विभिन्न क्षेत्रका राज्यका निकायमा नेतृत्व गर्ने सबैलाई मुद्धा लाग्ने बताए।  यसरी मुद्धा लगाएर समस्याको समाधान नहुने र विस्तृत शान्ति सम्झौतामै उल्लेख भएको बताए।  

द्वन्द्वको सबै घट्नालाई निश्पक्ष छानबिन गरेर न्याय दिएर देश विकासमा जानुपर्ने उनको भनाई छ। अहिलेको मुख्य उदेश्यनै शान्ति प्रक्रियाका बाकी कामलाई टुङगोमा पु¥याउनुपर्ने भएकाले द्वन्द्व पिडितहरुलाई न्याय दिने काम सत्य निरुपण तथा बेपत्ता आयोगमार्फत गर्नुपर्नै मुख्यमन्त्री जम्कटेलको भनाई छ। विश्वका धेरै देशमा राजनीतिक द्वन्द्व हुने र राजनीतिक सहमतीमै टुङगिने प्रचलन रहेको बताए। मुख्यमन्त्री जम्कटेलले बागमती प्रदेश भरीका विद्यालयहरुमा प्राविधिक शिक्षाको खाचो रहेकाले अब त्यसतर्फ अगाडी बढ्नुपर्ने बताए। सिन्धुलीको जुनार क्षेत्रलाई थप विकास गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई छ।

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App