१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुखर्जीले भने– ‘आईआईटीएसको प्रवेशिका परीक्षा अब काठमाडाैंमै हुन्छ’

काठमाडौं–नेपाली विद्यार्थीहरुले आउँदो वर्षदेखि इन्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटीएस)को प्रवेशिका परीक्षा काठमाडौंमा नै दिन पाउने भएका छन्।

नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार राजधानीमा आयोजित इन्डियन फाउन्डेशन र नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको एक गोष्ठीलाई सम्बोधन गर्दै  नेपाली विद्यार्थीहरुले आईआईटीएसको प्रवेसशका परीक्षा काठमाडौंमा नै दिन पाउने बताएका हुन्।

मुखर्जीले भने ‘सन् २०१७ देखि नेपाली विद्यार्थीले काठमाडौंमा नै बसेर आईआईटीएसको प्रवेशिका परीक्षामा सहभागी हुन पाउने छन्।

उनले आफूहरुले नेपालमा पानीको श्रोतको महत्व बुझेको र यसका लागि आईआईटीएसमा हाइड्रो पावर र वाटर रिसोर्स म्यानेजमेन्टमा स्नाकोत्तरमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरीने पनि बताए। उनले नेपाल र भारतमा केही गरौं भन्ने भाव भएका युवाहरुको जमात रहेको भन्दै यसलाई सही सदुपयोग गर्नुपर्नेमा समेत जोड दिए।

उनले भने, ‘नेपाल र भारतमा भएका युवा शक्तिलाई सही दिशामा लग्नका लागि हामीले स्वास्थ, शिक्षा, प्रविधि र रोजगारीको सृजनामा जोड दिनुपर्छ, हामी सधै राजनीतिक बन्धकका रुपमा रहन हुँदैन, हामीले विगतमा रहेका हाम्रा नीति जसले हाम्रो गरिबीलाई उन्मुलन गर्न सक्दैन त्यस नीतिलाई निरन्तरता दिनुहुँदैन।’
 

प्रकाशित: १९ कार्तिक २०७३ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App