पर्सा-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावबारे तीन दलबीच गराएको छलफल स्वागतयोग्य भएको बताएका छन् ।
पत्रकार मञ्च पर्साले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने –‘देशको सबैभन्दा जटिल र गम्भीर मुद्दा समाधान गर्न प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतालाई एक ठाउँमा राखी गराएको छलफललाई मधेसी मोर्चाले सकारात्मक रुपमा लिएको छ ।’
अध्यक्ष महतोले प्रधानमन्त्रीको यो कदम स्वागतयोग्य भए पनि वार्ता र छलफल मात्र गराएर समस्या समाधान नहुने भएकाले छठ पर्व अगाडि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगराइए सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने बताउँदै संविधान संशोधनमार्फत मधेसको मुद्दा सम्बोधन गर्नुको कुनै विकल्प नभएको बिचार व्यक्त गरे । रासस
प्रकाशित: ११ कार्तिक २०७३ १२:५७ बिहीबार