१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निलम्बित लोकमानले अख्तियार क्वाटर छोडेनन्, प्रमाण नस्ट गर्ने खतरा

निलम्बित लोकमानसिंह कार्की

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास अझै छोडेका छैनन्। दैनिक काम कारवाही गर्न नपाउने हैसियतमा पुगेका उनी कार्यालयका कर्मचारीलाई समेत निर्देशन दिइरहेका छन्।

अख्तियार प्रमुखको सचिवालय तथा कार्यकक्षमा रहेका अधिकांश फाइलहरु निवासमा पुर्‍याइएको छ। महत्वपूर्ण र सम्वेदनशील फाइलहरु छानीछानी निवास लगिएको छ

उनले विभिन्न विषयमा विचाराधीन मुद्दाका सम्वेदनशील फाइलहरु आफ्नै क्वाटरमा झिकाइरहेका छन्। स्रोतका अनुसार सम्वेदनशील मुद्दाका फाइलहरु कार्कीले निवास मगाएका हुन्। 'अख्तियार प्रमुखको सचिवालय तथा कार्यकक्षमा रहेका अधिकांश फाइलहरु निवासमा पुर्‍याइएको छ। महत्वपूर्ण र सम्वेदनशील फाइलहरु छानीछानी निवास लगिएको छ', स्रोतले भन्यो।

कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बित भइसकेका उनको सरकारी हैसियत छैन। हैसियत गुमाए पनि उनले आफू निकट सुरक्षाकर्मी, कर्मचारीलाई काम अह्राइरहेका छन्।

वेबसाइटमा कार्की अझै प्रमुख आयुक्त

निलम्बित अख्तियार प्रमुख कार्कीको नाम वेबसाइटबाट पनि हटाइएको छैन। निलम्बनमा रहेका उनको नाम अझै अख्तियारको आधिकारिक वेबसाइटमा प्रमुख आयुक्तको रुपमै छ।

प्रकाशित: ५ कार्तिक २०७३ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App