१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित हुन प्रधानमन्त्रीकाे निर्देशन

असोज - प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममूखी काम गर्नुपर्ने बताएका छन्।
बिहीबार समाज कल्याण परिषदले आयोजना गरेको माजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सेवाका लागि हजारौं संस्था स्थापना भएका,  कैयौं काम पनि भएकाे भन्दै  उनले भने, 'समाज कल्याण परिषद्मार्फत् अरबौंको बजेट पनि परिचालन भएको छ । तर, त्यस्ता संस्था र कार्यक्रमले लक्षित वर्गको उत्थान गर्न सकेका छन् कि छैनन् ? यसको गम्भीर समीक्षा गरेर आगामी योजना तर्जुमा गर्न म विशेष निर्देशित गर्दछु ।’

कार्यक्रममा प्रधानमन्त्रीले थपे, ‘हाम्रा एनजिओ, आइएनजिओको कामप्रति जनताका प्रशस्तै गुनासा छन् । गैर–सरकारी संस्थाको मूख्य काम मध्यम वर्गलाई जागिर खुवाउने र सहायक काम तल्लो वर्गलाई माथि उठाउने खालको भयो भन्ने आम धारणालाई बदल्न सक्नुपर्छ । हामीले उपेक्षित, उत्पीडित जनता र क्षेत्रलाई पहिलो प्राथमिकतामा राखौं, टाठाबाठा र पढेलेखेका मान्छेलाई जागिर खुवाउने कामलाई दोस्रो प्राथमिकतामा राखौं ।’
प्रधानमन्त्रीले एनजिओहरुले ठूला शहरमा सेमिनार र गोष्ठी गरेर आफ्नो औपचारिकता पुरा गर्ने गरेको जनगुनासो रहेको भन्दै दुर्गम र बिपन्न नागरिकको वास्तविक उत्थानका लागि काम गर्न निर्देशन दिए। कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल लगायतले समाज कल्याण परिषदको प्रगति र भूमिकाका विषयमा धारणा राखेका थिए।

प्रकाशित: ६ आश्विन २०७३ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App