४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाहले लिए शपथ, देउवा र शाही जिम्मेवारी सम्हाल्दै

क्याप्शन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

मुख्यमन्त्रीको शपथ लगत्तै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरे। मन्त्री नियुक्त लगत्तै देउवा र शाहीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

देउवालाई भौतिक पूर्वाधार मन्त्रालय र शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ बाट र शाही बाजुराको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। शपथ लिए लगत्तै मन्त्रीद्वयले जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित: २७ माघ २०७९ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App