राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सारिएको छ। आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको सचिवालयले जनाएको छ।
केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्ने पार्टीले जनाएको छ। आजको बैठकमा सरकारमा बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने बताइएको छ।
प्रकाशित: १९ माघ २०७९ ०८:३० बिहीबार