१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।  शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परराष्ट्र मन्त्रीको शपथ लिए लगत्तै पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री महतले सबै छिमेकी मुलुकहरुसँग विश्वासको सम्बन्ध स्थापित गरिने उल्लेख गरे। छिमेकीसँगको सम्बन्धलाई सन्तुलित एवं नेपाल हितमा प्रयोग गरिने उनको भनाई थियो। ‘विशेषतः चीन र भारतसँगको सम्बन्धलाई लिएर हामीकहाँ गम्भीर बहस हुने गरेको छ। दुबै मित्रराष्ट्रसँग उत्कृष्ट सम्बन्ध स्थापित गर्नु हाम्रो राष्ट्रहितमा हुनेछ। र, अन्य मुलुकसँग पनि त्यसैका आधारमा सम्बन्ध बिस्तार हुनुपर्छ। ’–मन्त्री महतले भने।  

छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले चीन र भारतमा विशेष दूत पठाइसकेको उनले बताए।

फरक प्रसङ्गमा मन्त्री महतले विशेषतः खाडी मुलुकमा रहेका नेपाली दुतावासलाई कामदारमैत्री बनाइने प्रतिवद्धता जनाए। मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको रेमिट्यान्स भित्राउने वैदेशिक रोजगारमा रहेका नेपालीलाई सघाउनका लागि सक्दो पहल गर्न दुतावासलाई छिट्टै निर्देशन दिने उनले जानकारी दिए।

 

प्रकाशित: १० भाद्र २०७३ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App