१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडौं—काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचउरस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झण्डा फहराएर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

दूतावासले विभिन्न संघसंस्थालाई ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार स्वरुप प्रदान गरेको छ।

भारतीय राष्ट्रपतिको सन्देशमा छिमेकमा शान्ति र स्थायित्वको लागि भारतको सहयोगमा जोड दिइएको थियो। राजदूत रायले उक्त अवसरमा भारतीय सेनाका भूपू सैनिकका चौधजना विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकहरुलाई चार करोड रुपैयाँको चेक तथा कम्बल वितरण गरेका थिए।

भारतीय दूतवासमा अायोजित समारोहमा सहभागी हुँदै भारतीय राजदूत रणजीत राय (बीच)

रायले नेपालका दुर्गम सहित विभिन्न स्थानमा रहेका ५९वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरे।

अवसरमा दूतावासले विभिन्न संघसंस्थालाई ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार स्वरुप प्रदान गरिएको थियो। राजदूत रायले ३६ वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेका थिए। चरवटा एम्बुलेन्स तथा दुईवटा बस वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले उपहार स्वरुप प्रदान गरे।

कार्यक्रममा भारतले नेपालमा सञ्चलान गरिरहेका ७० योजनामाथि प्रकाश पार्ने वृत्तचित्र देखाइएको थियो। उक्त कार्यक्रममा १२ र १३ अगष्टमा जनकपुरमा ‘रामायण सर्किट कला वर्कशप’ सम्पन्न गर्ने पाँच भारतीय र सात नेपाली गरी १२ जना कलाकारहरुलाई सम्मान गरिएको थियो।
 

प्रकाशित: ३१ श्रावण २०७३ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App