१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमत-नाउपा सहकार्य

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सहकार्य गर्ने भएका छन्।

त्यसका लागि जनमत पार्टीका अध्यक्ष सिके राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार १२ बुँदे सहमति-पत्रमा हस्ताक्षर गरे।

सहमतिको पहिलो बुँदामा टीकापुर घटनाका राजबन्दी रेशम चौधरी लगायतको रिहाइका लागि सम्झौता भएकै दिनदेखि दुवै पक्षले पहल गर्ने उल्लेख छ। त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन अध्यादेश), २०७९ लाई संसद्बाट पारित गराउन पहल गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने, विभिन्न आन्दोलनका क्रममा नाउपा र जनमत पार्टीका कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने, नेपाल सरकार र तत्कालीन स्वतन्त्र मधेस गठबन्धनबीच २०७५ फागुन २४ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई झक्झक्याउने, किसानका मुद्दा सम्बोधन गर्न वातावरण बनाउने, संविधानका विभेदकारी र त्रुटिपूर्ण धारा संशोधनका लागि पहल गर्ने लगायत विषयमा दुई पार्टीले सहमति जनाएका छन्।

‘दलित, थारू, आदिवासी जनजाति, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन यी दुई पार्टीका बीचमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न सहमत छौं,’ सहमति-पत्रमा लेखिएको छ।

प्रकाशित: २५ पुस २०७९ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App