२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीय संसदको पहिलो बैठक भोली १ बजे, सम्पूर्ण तयारी पूरा

पुस २५ गते (भोलि) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराएका हुन्।

आइतबार उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताए। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ। प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाइ थियो।

उनले भने, ‘संघीय संसदको भोलिदेखि अधिवेशन शुरु हुँदैछ। दुवै सभाका बैठकहरु एकसाथ १ बजेबाट शुरु हुन्छन्। संघीय संसद सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरु सम्पूर्ण रुपमा पूरा गरिसकेको छ। यस पटक केही नयाँ दलहरु पनि निर्वाचित भएर आएको अवस्था छ। ती दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरु हामीसँग थिएनन्। न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधनको आधारमा भवनहरु बनाउन सकिने अवस्था नै थियो। तत्काल हामीले नेपाल सरकारसँग समन्वय ग¥यौं।’

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए।  

संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ। सहायक प्रवक्ता धमलाले भने, ‘१२ वटा दलहरुलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ। हामीसँग भौतिक संरचना यति नै हो। थप छैन। कोभिडको संकट बढेर आउने पनि भनिएको छ। हामीले त्यसलाई पनि ख्याल गर्दै एउटा सिट खाली राखेर सिट व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यो भवनलाई थप बिस्तार गर्न सम्भव छैन। हामीले सम्भव भएसम्म सबै दलको कम्तिमा एक जना नेता भएपनि अगाडि रहनेगरी मिलाउन कोशिस ग¥यौं। हरसम्भव प्रयास ग¥यौं। तर, केही दलहरुको त्यो सम्भावना भएन। हामीले त्यस्ता केही दलहरुलाई चाहीँ एउटा रोहमा मिलाएर उहाँहरुको दलीय प्रतिनिधित्वको स्ट्रेन्थको आधारमा मिलाएका छौं।’

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ। संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ। भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २४ पुस २०७९ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App