५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बिना निस्कर्ष सकियाे सत्तारुढ गठबन्धनको बैठक, अर्को बैठक आईतबार बस्ने

फाइल तस्बिर

सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए। उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आईतवार बैठक बसेर टुंगो लगाउने बताए। उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए। उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गरे।

उनल भने, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ। बैठक भोलि फेरि बस्नेछ। भोलि हामीले निर्णय सुनाउनेछौँ। आज धेरै विषयमा गम्भीर रुपले छलफल भयो। छलफल सकारात्मक रुपले अघि बढेको छ। अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ। जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ। प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण हो। मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ।’

मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तिब्र गतिले अघि बढाएर लैजाने बताए। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार साँझ ५ बजेसम्मको समय दिएका छन्। जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तिब्र बनेको छ।

प्रकाशित: ९ पुस २०७९ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App