१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तमलोपा २८ दिनपछि अनशनमा

काठमाडौं- खुलामञ्चमा अनशन सुरु भएको २८ दिनपछि तराई मधेस लोकतान्त्रिक पार्टीले सहभागिता जनाएको छ।

आन्दोलनको स्वामित्व कसले लिने भन्नेबारेमा संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच विवाद चलिरहेका बेला तमलोपा २८ दिनपछि अनशनमा सहभागी भएको हो।

केन्द्रीय सदस्य सुरेश मण्डलको नेतृत्वमा तमलोपा अनशन बसेको हो। 'महाधिवेशनमा व्यस्त हुनुपरेकाले अनशनमा आउन सकेका थिएनौं, अब नियमित प्रतिनिधित्व हुनेछ,' मण्डलले नागरिकसँग भने। उनका अनुसार सुरेन्द्रकुमार झा, राकेशकुमार मिश्र, चन्दा चौधरी, रीता ठाकुर र अञ्जु गुप्ता छन्।

प्रकाशित: २१ असार २०७३ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App