१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधवकुमार नेपाल सपथ ग्रहणका लागि अस्पतालबाट सिधै संसद भवन जाने

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाटै सिधै संसद भवन जाने भएका छन्।

उनलाई अस्पतालले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अनुमति दिएपछि सपथका लागि संसद भवन जाने  भएका हुन्। उपचारका लागि अस्पताल  भर्ना भएका अध्यक्ष नेपाल अस्पतालबाट सिधै संसद भवन गएर सपथ लिएपछि उनी अस्पतालमै फर्कने  समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणी सुवेदीले जानकारी दिए।

संगठनका उपाध्यक्ष सुवेदीका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य समस्या भएका कारण अस्पतालबाट संसद भवन पुगेर सपथ ग्रहण गरेपछि थप उपचारका लागि अस्पतालमै फर्कने भएका हुन्। उनलाई सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अस्पतालले अनुमति दिएको छ।

अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएपछि तीन दिनदेखि त्रि।वि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। उनको उपचारमा त्रि।वि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा।सन्तकुमार दास नेतृत्वको चिकित्सक टोली संलग्न रहेको उनको नीजि सचिवालयले जनाएको छ। सङ्क्रमण थप फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको जनाइएको छ।

प्रकाशित: ७ पुस २०७९ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App