१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

संसद विघटनको विरोधमा नेकपाकै विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा निकट अनेरास्ववियूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारको संसद विघटन गर्ने कदमलाई ‘कू’ को संज्ञा दिँदै त्यसलाई खारेज गर्न माग गरे।  

विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानमाथि ‘बलत्कार’ भएको आरोप लगाएका थिए। प्रदर्शनमा सहभागी अनेरास्ववियू केन्द्रीय सदस्य अशोक थापाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदम राष्ट्रियता विरोधी भएकाले प्रदर्शन गर्नुपरेको बताए।  

माइतीघरबाट सुरु भएको प्रर्दशन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।  कोणसभालाई अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ र अनेरास्ववियू नेता सुदेश पराजुलीले सम्बोधन गरेका थिए।

 

खुशी 66.7%
दुखी 33.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App