२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्तनपानका १० फाइदा

अभिषेक गुरुङ्ग

बाल स्वास्थ्य कार्यक्रम प्रवन्धक

हरेक स्तनधारीको दूधआफ्ना बच्चाका लागी अन्य कुनै जीवको भन्दाबढी पोषिलो र स्वास्थ्यकालागी उपयुक्तहुन्छ।  जान्नु पर्ने कुरो के हो भने बाघको दूधगाईको बाच्छोलाई खुवाए पनि बाघ जस्तो बलियो हुन सक्दैन। हरेक जिव अफै आमाको दूधखाएर स्वास्थ तथा बलियो हुन्छ।  आमाले शिशुलाई स्तनपान गराउनका धेरै फाइदा छन्।  निम्न १० फाइदा निम्न हुन्।

शिशुलाई जन्मेको १ घन्टा भित्र स्तनपान गराएमा सुत्केरी आमाको पाठेघर खुम्चनमदत्त पुग्छ।  साथै अति रक्तस्राब हुने खतरा कमभई साल छिटो झनै मद्दत पुग्छ।

शिशुलाई स्तनपान गराउने महिलालाई अन् यमहिलाको तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ।  

शिशुलाई आमाको पहेँलो बिगौती दूध खुवाउँनु अतिआवश्यक हुन्छ।  विगौतीदूध अत्यन्त पोषिलो मात्र हैन यसमा रोगसंग लडन चाहिने  प्रसस्तमात्रामा हुन्छ।  यसले शिशुलाई रोगसंग लडने क्षमता दिन्छ।  

स्वास्थ् यविषेशज्ञहरु जन्मएको ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्यकुनै कुरा नखुवाउनु सुझाउँछन्।  किनकि स्तनपान गरिरहेका शिशुलाई झाडा पखाला तथा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ।

आमाको दूध खाइरहेका शिशुहरुलाई आमाको दूधबाहेक पानीपनि खुवाउन जरुरत हुँदैन।  ६ महिना सम्मका शिशुलाई चाहिने सम्पूर्ण पोषण तत्व आमाको दूधमा हुन्छ।  

आमाको दूधशिशुले सजिलै पचाउन सक्छन्। शिशुको शरीरलाई उपयुक्तहुने पोषण तथा झोल तत्वअमाको दूधमामात्र हुन्छ।  आमाको दूधले एन्टिवायोटिकको काम समेत गर्छ।  यस्तो शक्ति अन्य दूधमा हुँदैन्।

आमाको दूध खुावउनका लागी तताउनु पर्ने झन्झट हुँदैन।  आमा र शिशु बीचको मायालाई प्रगाढ पार्ने काम यसमा भएको हर्मोनले गर्दछ।  

स्तनपान नियमित गरेका शिशुहरु अन्य शिशुहरुको तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन्।    

स्वास्थ्य विषेशज्ञहरु जन्मिएको ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्यकुनै कुरा नखुवाउनु सुझाउँछन्।  आमाको दूध खुवाउन खर्च चाहिन्न।  नाकाबन्दी वाबिकिरणको आतंकले यसलाई कुनै फरक पार्दैन।  

१० स्तनपान गराउनाले गर्भ निरोधको काम गर्छ।  अनन्य स्तनपान गराइरहेका आमाहरु गर्भनिरोधको कृत्रिम साधन प्रयोग नगर्दा पनिअनिच्छित गर्भ रहने खतराबाट जोगिन्छन्।

(लेखक गोल्डेन कम्यूनिटीसंग आवद्ध हुनुहुन्छ। )

प्रकाशित: १८ श्रावण २०७६ ०१:४७ शनिबार

स्तनधारी स्तनपान फाइदा