१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

रामकेशरीको राम कहानी

उनी  ९ वर्षकी  हुँदी हुन्, धारामा पानी भर्दै गर्दा। भक्तपुरको दतात्रय नजिकको जुद्धशम्शेरको पालाको धाराछेउ कम्मरमा गाग्री बोकी उभिएको बेला कुनै विदेशीले फोटो खिँचेकोसम्म उनलाई याद छ। उनी अहिले ४७ वर्षकी भइन्। बाल्यकालको त्यो तस्बिर अघिल्लो साता हेर्न पाउँदा उनमा खुसीको सीमा रहेन।

‘पुरानो तस्बिरसँगै पुरानो समयको पनि धेरै कुरा  याद आयो,’ झन्डै चार दशकअगाडिको आफ्नो तस्बिर नियाल्दै उनले भनिन्, ‘त्यति बेलाको हाम्रो कथा अहिलेको भन्दा बेग्लै छ।’ विष्णुभक्त गाइजु र नारायण केशरी गाइजुका ७ सन्तानमध्ये जेठी सन्तान हुन् रामकेशरी। आमा–बुबा खेतीको काममा दिनभर घर बाहिर रहने भएपछि पाँच भाई र एक बहिनीलाई हुर्काउने जिम्मेवारी आफ्नो काँधमा आएको उनले सुनाइन्। त्यतिबेला बिहान बेलुकाको खाना बनाउने, भाइबहिनीको लुगा धुने, घरमा चाहिने पानी ल्याउने लगायतका सबै काम आफूले गर्नुपरेको उनले बताइन्।

‘त्यतिबेला मेरो संसार मेरो खुसी सबै भाइबहिनी  थिए,’ उनले भनिन्, ‘तिनीहरूलाई हुर्काउँदा खेलाउँदा मेरो बाल्यकाल बित्यो।’ उनको कुरा सुन्दै गर्दा सँगै रहेका उनका भाई पुन्यराम गम्भीर बने। ‘हो, दिदी आमाजस्तै हुन्,’ ३४ वर्षीय पून्यराम गाइजुले भने, ‘हामीलाई आमाले भन्दा दिदीले बोकेको र हेरेको याद छ।’ उहाँले हामीहरूको लागि निकै संघर्ष गर्नुभएको छ। रामकेशरीले जीवनका थुप्रै वसन्त पार गरिन्। तर,  उनको अथक संघर्ष जारी छ। २०४८ सालमा  रामप्रसाद गोर्खालीसँग वैवाहिक जीवनमा बाँधिएकी रामकेशरीको संघर्ष त्यसपछि पनि रत्तिभर कम भएन। विवाह भएको एक वर्षमै जेठो छोरो सविन जन्मेपछि उनलाई सन्तानको स्याहार र घरधन्दा दुवैले छोयो। उनका श्रीमान सिकर्मीको काम गर्छन्। उनी अहिले पनि इँटाभट्टामा मजदुरी गर्छिन्।

तस्बिरमा देखिएकी अन्दाजी ९ वर्षीया रामकेशरी अहिले हजुरआमा बनिसकेकी छन् । ‘पहिला सानो भाइलाई बोेकेर जात्रा हेर्न जान्थे,’ उनले हास्दै भनिन्, ‘अहिले ९ महिनाको जेठो नातिलाई बोकेर बिस्केट जात्रा हेर्ने रहर छ ।’

आफूले पढ्न नपाए पनि उनले सन्तानको शिक्षाको लागि उनले सुरु गरेको संघर्ष अझै जारी छ। जेठो छोरोले सामान्य लेखपढ गरे पनि उनले कान्छो छोरो २२ वर्षीय सञ्जीवलाई इन्जिनियरिङ पढाउँदै छिन्। त्यस्तै छोरीले यसैपल्ट एसइई परीक्षा दिएको उनले सुनाइन्। ‘सन्तानले धेरै पढ्न भन्ने भन्ने इच्छा छ,’ उनले भनिन्, ‘त्यसको लागि सकेजति अझै मिहिनेत गर्दैछु।’ रामकेशरीले जीवनकथा सुनाउँदै गर्दा उनीसँगै रहेका र श्रीमान रामप्रसाद र छोरी सुजिता दुवै गम्भीर बने। ‘उसले अहिले पनि केटाकेटीको लागि उत्तिकै संघर्ष गर्दै छे,’ तस्बिरकी सानी बालिका र अहिलेकी आफ्नी पत्नीलाई नियाल्र्दै  रामप्रसादले भने, ‘मलाई ऊप्रति गर्व छ।’

रामप्यारीको सानो बेलाका तस्बिर देखेर उनकी आमा ७३ वर्षीय नारायण केशरीका आँखा रसाए। उनले छोरीको अनुहार र उसले लगाएको लुगा निकै ध्यान दिएर नियालिन्। उसले लगाएको लुगा उनी आफैले तानमा बुनेको उनले बताइन्। ‘अन्य लुगा किन्ने हाम्रो हैसियत थिएन,’ उनले भनिन्, ‘छोरीको लागि म आफैले तानमा लुगा बुनेको हुँ।’ रामकेशरीको जिउँमा अहिले पनि कुर्ता–सुरुवालमाथि भक्तपुरे कपडाकै चोलो थियो।  ‘तानमा कपडा बुन्ने चलन हराएको छ,’  उनले  भनिन्, ‘अहिले रेडिमेड कपडा लगाउने चलन आएको छ।’  

छोरीले उतिबेला गरेको मिहेनत निकै कडा रहेको उनले बताइन्। ‘खेतको काम नगरी हाम्रो जीवीका चल्दैनथ्यो,’ उनले भनिन्, ‘त्यसैले ठूली छोरीको जिम्मा लगाएर हामी खेतमा जान्थ्यौं।’ आफूले सानोमा संघर्ष गरे पनि सन्तानले धेरै दुःख नगरुन भन्ने उनको चाहना छ। उति बेलाकी जेठी छोरी रामकेशरी अहिले हजुरआमा बनिसकेकी छन्। सानो उमेरमा घरको सबै काम सकेर जात्रा हेर्ने गरेको उनलाई सम्झनै छ। काखमा भाइलाई बोकेर बिस्केट जात्रा हेर्दा निकै रमाइलो लाग्ने गरेको उनले सुनाइन्। पहिला र अहिलेको जात्रामा निकै भिन्नता आएको उनले सुनाइन्। तर, जात्रा हेर्ने रहर भने उस्तै रहेको उनले बताइन्। ‘पहिला सानो भाइलाई बोेकेर जात्रा हेर्न जान्थे,’ उनले हास्दै भनिन्, ‘अहिले ९ महिनाको जेठो नातिलाई बोकेर बिस्केट जात्रा हेर्ने रहर छ।’

‘पुरानो तस्बिरसँगै पुरानो समयको पनि याद आयो,’ झन्डै चार दशकअगाडिको आफ्नो तस्बिर नियाल्दै उनले भनिन्, ‘त्यति बेलाको हाम्रो कथा बेग्लै छ ।’

कसरी खोजियो रामकेशरीलाई ?
इन्टरनेटमा पानी बोक्दै गरेकी राम केशरीको तस्बिर देखेपछि त्यसलाई प्रिन्ट गराएर भक्तपुरका साथी सुरेश ताम्रकारलाई साथमा लिएर खोजी गर्न निस्कियौ। पुरानो तस्बिर भएकाले केही दिन समय लाग्ने ठानेका थियौं। तस्बिरमा देखिएको धारा दतात्रय मन्दिर नजिकको भन्ने इन्टरनेटमै उल्लेख थियो।

हामी आइतबार सबैभन्दा पहिले त्यही धारा छेउ पुग्यौं। जुद्धशम्शेरले दमकललाई पानी भर्न र सर्वसाधारणको लागी पानी पिउन व्यवस्था गरिएको त्यो धारा अझै पनि त्यही रहेछ। पानी भने आउन छाडेको छ। धारासँगै रामप्यारीले पानी बोकेको तस्बिर खिँचेपछि हामीले नजिकै बसेका केही वृद्धालाई तस्बिर देखायौ।

मैले नेवार भाषा नबुझे पनि  संगै रहेको साथीले हसिलो अनुहार लगाउँदै मतर्फ हेरेपछि उनीहरूले तस्बिर चिने भन्ने लाग्यो। अब चाडै भेटिन्छन् भनेर खुसी भयौं। उनीहरूले हेर्नेबित्तिकै विष्णुभक्तको छोरी भनिहालेछन्। भक्तपुर, दतात्रय नजिकका विष्णुभक्तको ९ वर्षअगाडि मृत्यु भएको रहेछ। हामीले घर खोज्दै जादा रामकेशरीको आमा नारायणकेशरीलाई भेट्यौ। तस्बिर नियाल्नेबित्तिकै उनका आँखा रसाए। ‘मेरो छोरी हो,’ उनले भनिन्, ‘विवाह गरेर ऊ भक्तपुरको जगतीमा गएकी छे।’

रामकेशरीले विगतमा जीवनकथा सुनाउँदै  गर्दा उनीसँगै रहेका र श्रीमान रामप्रसाद र छोरी सुजिता दुवै गम्भीर बने । ‘उसले अहिले पनि  केटाकेटीको लागी उत्तिकै सघर्ष गर्दै छे,’ तस्बिरकी सानी बालिका र अहिलेकी आफ्नी पत्नीलाई नियाल्र्दै रामप्रसादले भने, ‘मलाई ऊप्रति गर्व छ ।’

हामीले रामकेशरीको भाइ पून्यरामलाई साथमा लिएर जगाती गयौं। रामकेशरी आफ्ना श्रीमान रामप्रसाद गोर्खाली र छोरी सुजीतासँगै घरमै रहिछन्। उनले तस्बिर नियालिन्। र, अचम्म मानिन्। छोरी र श्रीमानलाई देखाउँदै हसिलो अनुहार लगाएर ‘म नै हो त ?’ भनिन्। दुवैले हो भन्दै टाउको हल्लाए। उनी तस्बिर नियाल्दै खुसी भइन र आफ्नो विगतको कथा सुनाइन्।

प्रकाशित: २३ चैत्र २०७५ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App