१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सिद्धपोखरीमा दीपावली

पोखरीमा पनि दीपावली वा मेला लाग्ने गरेको तपार्इँले थाहा पाउनुभएको छ ? छैन भने भक्तपुरस्थित सबैभन्दा ठूलो सिद्धपोखरीमा सोमबार दीपावली हुँंदैछ । पोखरीमा मंगलबार मेला लाग्नेछ।

भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्छ । मेला भर्न भक्तपुरसहित काठमाडौं उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

स्थानीयको अगुवाईमा साँझ त्यहाँ दीपावली गरिन्छ । पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने र बाँंकी सवै काम स्वयुमसेवकबाट गरिन्छ । दीपावलीका लागि स्वयमसेवक मात्रै एक सयभन्दा बढी खटिन्छन्।  

मेलाको दिन यहाँ बिहानदेखि भक्तजनको भीड लाग्छ । बिहान हजारौ भक्तपुर नगरबासी पोखरीमा पुगेर स्नान गर्छन् । वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न त्यहाँं छुट छ । सम्भावित दुर्घटनालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले त्यहाँ स्नान गर्न बन्देज लगाइराखेको छ। नगरपालिकाले पोखरीमा डुबेर आत्महत्या लगायतका दुर्घटना होला भनेर सुरक्षाका लागि २४ सैं घन्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ । सुरक्षालाई ध्यान दिँंदै पोखरीभित्र जान राति बन्देज लगाइन्छ।

नगरकै सवैभन्दा ठूलो तपुखू (ठूलो पोखरी) मा यो दिन बिहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेहरूको घुइँचो लाग्छ । करिव पाँच सय मिटर लामो यो पोखरीमा वारपार गरेर पौडी खेल्ने प्रतिस्पर्धा चल्छ।

दीपावली गर्ने दिन खौमास्थित इन्द्रायणीको देवता पोखरीमा पु¥याइन्छ । खौमामा रहेको इन्द्रयणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुयाइन्छ । पोखरीमा पु-याएको देवताको स्वागतार्थ दीप प्रज्ववलन गर्ने परम्परा छ । बिहान यही इन्द्रयणी देवताको दर्शन र स्नानका लागि भक्तालु पोखरी पुग्छन् र पोखरीमा मेला लाग्छ । मेलाको दिन साँझ इन्द्रायणी देवतालाई पोखरीबाट उठाएर बाँकी आधा नगर परिक्रमा गराई खौमास्थित इन्द्रायणीपीठै पु-याइन्छ।

इन्द्रायणी पीठका मुल पुजारी गोविन्द मल्लका अनुसार यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले सिद्धपोखरीको जात्राको रुपमा लिने गरेका छन् । इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रूपमा पनि बुझने उनले बताए।

संस्कृतिविद् जननीप्रसाद मुलका अनुसार सिद्धपोखरी मेला इन्द्रजात्राकै एक सिलसिला हो । रोपाइ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पु¥याउने रूपमा यो इन्द्रायणी मेला हुने गरेको उनले बताए।

सिद्धपोखरी जिल्लाकै सबैभन्दा ठूलो पोखरी हो । भक्तपुर नगरका साना–ठूला ३४ पोखरीहरूमध्ये यो सबैभन्दा आकर्षक अनि ठूलो पोखरी हो । पोखरीको चारैतिर परम्परागत रूपमै पर्खालले घेरिएको छ। पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षणको केन्द्र बनेको छ । साथै पोखरीको वरिपरि बगैंचा छन् । बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले तीन कर्मचारी र सुरक्षाका लागि दुई गार्डलाई खटाउँदै आएको छ । पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन्।

प्रकाशित: ८ आश्विन २०७५ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App