१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

फेमिली ट्रेक

बयस्कहरु दिनमा ८ घन्टासम्म पदयात्रा गर्छन । बुढापाका र बालबालिकासँग यात्रा गर्दा ४ घन्टासम्म हिँड्नु बेस हुन्छ ।

नेपालीमा पनि फेमिली ट्रेक गर्ने चलन सुरु भैसक्यो । पारिवारीक पदयात्राले आत्मीयता बढाउँछ । मातृभूमिको कला, संस्कृति, प्रकृती र जीवनशैली बुझ्न सिकाउँछ ।
खासमा पदयात्रा सबै उमेर समूहले गर्न सक्छन् । तन्नेरीहरु टफ यात्रा रुचाउँछन् । बुढापाका र बालबालिकालाई चाहिँ कम उचाई भएका ठाउँ राम्रो हुन्छ ।  
परिवारै घुम्न मिल्ने धेरै पदमार्ग छन् हाम्रो देशमा । होटल, लज र रेष्टुँरा सुविधा भएका गोरेटामा हिँड्दा सजिलो हुन्छ । बयस्कहरु दिनमा ८ घन्टासम्म पदयात्रा गर्छन । बालबालिकासँग हिँड्दा चाहिँ दिनमा तीन–चार घन्टा बेस हुन्छ ।

सजिलो जुत्ता, ट्राउजर, ज्याकेट, माकल टोपी, पछाडी भिर्ने झोला, पानीको बोतल, लौरो, टर्चलाइट, चकलेट, क्यामेरा, क्याप जस्ता सामाग्रीसहित यात्रामा निस्कनु पर्छ । ७ वर्ष माथिका बालबालिकासँग यात्रा गर्न सकिन्छ ।

ठाउँ–ठाउँमा आराम गर्दै अघि बढ्ने । कहिलेकाहिँ भ्रमण तालिकाले फेल खान सक्छ । पाका बा–आमा वा साना बालबालिका हिँड्न सकेनन् भने वा थकाई लागेमा तोकिएको गन्तव्य भन्दा वरै पनि बास बस्नु पर्ने हुन सक्छ । यस्तो यात्रामा एक–दुई दिन थप हुन सक्छ भन्ने पहिल्यै ख्याल गर्नु पर्छ । त्यसै अनुसार खर्च पनि बोक्ने ।    
अन्नपूर्ण क्षेत्रका धम्पुसबाट पोथाना हुँदै लान्द्रुक भएर घान्द्रुक जोड्ने रुटलाई फेमिली टे«कका रुपमा ब्राण्डिङ गर्न सकिन्छ । काठमाडौंबाट निस्केकै दिन पोखरा पर्तिरको धम्पुस गाउँमा पुग्न भ्याइन्छ ।   

धम्पुस ९१,७५०मिटर०बाट अन्नपूर्ण र माछापुच्छे« हिमालको सुन्दर छवी देखिन्छ । धम्पुस पुगेको भोलिपल्ट ब्रेकफास्ट खाएर सुस्तरीसुस्तरी जाँदा एक घन्टामा पोथाना पुगिन्छ । पोथाना नजिकै पर्छ अष्टे«लियन क्याम्प । धम्पुस बास नबसी पहिलो दिनै अष्टे«लियन क्याम्प पुग्न पनि सकिन्छ । त्यसका लागि पोखराबाट बागलुङ राजमार्गको काँडेसम्म बसमा जाने । काँडेबाट डेढ घन्टा उकालो चढे अष्टे«लियन क्याम्प । क्याम्प हुँदै लान्द्रुक पुग्न चार घन्टा ।

पोथानाबाट अर्को तीन घन्टामा लान्द्रुक पुगिन्छ । ठाउँ–ठाउँमा रेष्टुँरा र लज छन् । घान्द्रुकसँग आँखा जुधाएर बसेको लान्द्रुक ९१,६४५ मिटर० सुन्दर गाउँ हो । सबैतिर सुविधायुक्त होटल छन् । पदमार्गका होटलमा दालभातदेखि पिज्जासम्म, कफिदेखि बेकरीसम्म पाइन्छ ।  

लान्द्रुकबाट आधा घन्टा ओरालो झरेर चार घन्टा उकालो चढे खेली खेली घान्द्रुक पुगिन्छ । घान्द्रुक ९२,०२० मिटर०बाट माछापुच्छे« र अन्नपूर्ण हिमाल देखिन्छ । गाउँमा गुरुङ संग्रहालय पनि घुम्न सकिन्छ । त्यहाँ एक रात बसेर अर्को दिन ४० मिनेट ओरालो झेरमा किम्चे बसपार्क पुगिन्छ । किम्चेबाट पोखराको हरिचोकसम्म बस÷जिप चल्छन् ।
पदमार्गमा प्रति व्यक्ति दुई हजार रुपैयाँ भयो भने ब्रेकफास्ट, लञ्च, डिनर, खाजा र बेडलाई तिर्न पुग्छ ।
जिन्दगीलाई सुनौलो बनाउन परिवारै घुम्ने बानी बसाउनु पर्छ । साँच्चै यो जाडो बिदामा तपाइँ परिवारसँग कता घुम्दै हुनुहुन्छ ? 

कसरी पुग्ने: काठमाडौं–पोखरा २१० किमि, बसमा ६ घन्टा अथवा २५ मिनेट हवाई यात्रा । पोखराको हरिचोकमा दिउसो ४ बजेसम्म पाइन्छ धम्पुस जाने जिप । हरिचोक–धम्पुस २४ किमि । धम्पुसबाट पदयात्रा । पहिलो बास धम्पुस, दोस्रो बास लान्द्रुक र तेस्रो बास घान्द्रुकमा ।  

 

प्रकाशित: २२ पुस २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App