१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

किचेन कन्सेप्टका आधुनिक किचेन

सानासाना मोडयुलहरू जोडेर पूर्ण आकारको मोडुलर किचेन तयार गरिन्छ । मोडुलर किचेन एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने भएकाले यसलाई मुभेबल किचेन पनि भन्ने गरिन्छ । स्क्रु ड्राइभर तथा ग्रिल मेसिनबाट एकअर्को पिसलाई जोडेर मोडुलर किचेन तयार पारिन्छ । सानो ठाउँमा पनि आवश्यकताअनुसार सबै सामान अटाउन मिल्ने गरी मोडुलर किचेन तयार पारिन्छ । मोडुलर किचेनमा वाटर प्रुफ काठ र ग्रेनाइट प्रयोग हुने भएकाले पुछ्न र धुनसमेत मिल्छ ।
किचेन कन्सेप्टले विगत ८ वर्षदेखि नेपालीहरूलाई उनीहरूको इच्छाअनुरूपको किचेन अर्थात् मोडयुलर किचेन प्रदान गर्दैआएको छ । यसले भारतको मुम्बईस्थित प्रसिद्ध ब्रान्ड स्लिक कम्प्लिट किचेन सोलुसनका किचेन तथा त्यसैसँग सम्बन्धित सामग्री बिक्री गर्दै आएको यसका इन्टेरियर डिजाइनर अर्पणा श्रेष्ठले बताइन् । यसबाहेक इयर फोर्स, टेरिमजस्ता इटालियन कम्पनी तथा आड्रा नामक चाइनिज कम्पनीका चिम्नी, चुल्हो, ओभन एवं कुकिङ रेन्जसमेत आयात गर्दै आइरहेको छ । यसका सामान जर्मनी, स्पेन आदि ठाउँबाट आयात गरिन्छ । यसले पोखरा तथा चितवनमा समेत सेवा प्रदान गर्दै आएको  छ ।
साधारणदेखि उच्च वर्गका ग्राहकका लागि दक्ष तथा तालिम प्राप्त जनशक्तिद्वारा किचेन निर्माण गर्ने यस कम्पनीले डिजाइन तथा मूल्यमा छनोट र विविधताको सुविधा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०८:३८ आइतबार

किचेन कन्सेप्टका आधुनिक किचेन नागरिक परिवार