१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

ब्राको साइज र सेप नमिल्दा

गलत फिटिङका अन्तर्वस्त्र लगाउनु महिलाका लागि हानिकारक हुन सक्छ । महिलाले बाहिरी रूपको हेरचाहमा विशेष ध्यान दिएका हुन्छन् । तर, कतिपयले अन्तर्वस्त्रको छनोटमा लापर्बाही गर्छन् । जो महिला स्वास्थ्यका लागि ठीक होइन । सही सेप र साइजको ब्रा लगाइएन भने महिलालाई असजिलो त महसुस हुन्छ नै, साथै काँध दुख्ने, कम्मर दुख्ने, स्तनमा समस्या आउने हुन सक्छ । यति मात्र नभई निरन्तर ब्रा लगाइरहँदा पनि महिला स्वास्थ्यमा असर पर्छ ।
गलत साइज र सेपको ब्रा लगाउँदा यस्ता समस्या देखापर्न सक्छन्ः

छाती दुख्छ
गलत साइजको ब्रा लगाउँदा छाती दुख्ने गर्छ । त्यसैले हरेक महिलाले सर्वप्रथम आफ्नो ब्राको साइजबारे जानकारी राख्नु आवश्यक छ । दिनभरि ब्रा लगाइरहँदा छाती दुख्न सक्छ । राति सुत्नुअघि ब्रा खोलेर सुत्दा राम्रा हुन्छ ।
रक्तसञ्चार प्रभावित हुन्छ
लगातार ब्रा लगाइराख्दा छातीमा रक्तसञ्चार राम्ररी हुन पाउँदैन । टाइट ब्रा लगाउँदा पनि रक्तसञ्चार प्रभावित हुन्छ । एकदमै टाइटभन्दा अलिकति खुकुलो ब्रा लगाउनुपर्छ ।
कम्मर दुख्छ
ब्रा लगाइराख्दा ढाड र कम्मर दुख्ने समस्या देखिन्छ । किनकि, ब्रामा हुने रबरले ढाडलाई कसेर राख्छ । जसले गर्दा ढाडमा दबाब पर्छ र ढाड र कम्मर दुख्ने गर्छन् ।
छालामा जलन हुन्छ
जतिखेर पनि ब्रा लगाइरहँदा छाला चिलाउँछ र पोलेको जस्तो महसुस हुन्छ । ब्राको पट्टी र बेल्ट भएको भागको छाला चिलाउने, पोलेको जस्तो हुन्छ । त्यस्तो हुँदा ब्रा लगाउनुअघि त्यो भागमा टालकम पाउडर छर्किनुपर्छ । अनि, सफा गरी धोएको ब्रा लगाउनुपर्छ ।
दाग बस्छ
लामो समयसम्म स्ट्राइपवाला ब्रा लगाउँदा शरीरमा त्यसको दाग बस्छ । स्ट्राइप भएको भाग र अन्य भागको छालाको रङ पनि फरक हुन्छ । ओपन नेक अथवा डिप नेक ड्रेस वा ब्लाउज लगाउँदा ती दाग देखिन्छन् । त्यसैले सधैँ ब्रा लगाइराख्नु ठीक होइन ।
फङ्गस इन्फेक्सन हुन्छ
कतिपय महिला नयाँ ब्रा नधोईकन सीधै लगाइदिन्छन् । यसो गर्नु गलत हो । यसले स्तनमा फङ्गस इन्फेक्सन हुन सक्छ । नयाँ ब्रा किनेपछि सर्वप्रथम त्यसलाई धुनुपर्छ ।
छातीको आकार बिग्रिन्छ
ब्रा र कपको साइज सही भएन भने लामो समयसम्म ब्रा लगाइराख्दा छाती झुण्डिने समस्या देखिन सक्छ । यसरी छातीको सेप बिग्रिन्छ । छातीको सेप ठीक राख्न कप र साइज सही भएको ब्रा लगाउनुपर्छ ।
ब्रा किन्दा ध्यान दिनुपर्ने कुराः
-    ब्राको जाँच गर्दा कम्तीमा पाँच मिनेटसम्म ब्रा लगाइरहनुपर्छ । र, महसुस गर्नुपर्छ । यदि यसको फिटिङले अप्ठ्यारो महसुस गराइरहेको छ भने किन्नु हुँदैन । सजिलो महसुस भइरहेको छ भने त्यो ब्रा किन्दा  हुन्छ ।
-    ब्रा जाँच गर्दा दुवै हात पहिला माथि र त्यसपछि तल लग्नुपर्छ । हल्का कुदेजस्तो गर्नुपर्छ । यसो गर्दा यदि छाती हल्लिँदैन भने ब्राको फिटिङ सही छ ।
-    ब्राको कपमा पनि विशेष ध्यान पु¥याउनुपर्छ । ब्रामा भएको कपले पूरै छातीलाई कभर गरेको हुनुपर्छ ।
-    कप र बेल्टको साइज हेरेर ब्रा किन्नुपर्छ ।
-    सोल्डर स्ट्राइप र बेल्टबाट एक÷दुई औँला भित्र छिर्न सक्ने किसिमको ब्राको फिटिङ हुनुपर्छ ।
-   ठूला छाती भएका महिलाले मिनिमाइजर ब्रा छान्नुपर्छ ।
-    साना छाती भएका महिलाले ठूला साइजका ब्राको साटो प्याड भएका अथवा म्याक्सिमाइजर ब्रा छान्नुपर्छ ।

 

 

प्रकाशित: १० वैशाख २०७४ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App