१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

दश वर्षकाे बीचमा राजनीतिमा गुणात्मक परिवर्तन: प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता यताको दश वर्षको अवधिमा नेपालको राजनीतिमा गुणात्मक परिवर्तन आएको बताएका छन्। शनिबार राति नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले दश वर्षको शान्ति प्रक्रिया मौलिक र गुणात्मक भएको बताएका हुन्।

‘मुलुकको राजनीति व्यवहारिक र भावनात्मक रुपमा पृथक ढंगबाट अगाडि बढेको छ,’ प्रधानमन्त्रीले भने, ‘शान्ति सम्झौताको दश वर्ष हेर्दा ठूलठूला राजनीतिक र भावनात्मक परिवर्तन भएको छ । राजनीतिमा गुणात्मक परिवर्तन आएको छ । तर, जनताको जीवनमा परिवर्तन ल्याउने सपना गुणात्मक रुपमा अगाडि बढ्न सकेको छैन, अबको हाम्रो ध्यान जनताको जीवन बदल्ने दिशातिर हुनुपर्छ ।’

सरकारले १०० दिनमा विकास आयोजना, छिमेकीसँगको सम्बन्ध, संविधान संशोधनको तयारी, जनजिविकाको सम्बोधन लगायतका काममा निकै प्रगति गरेको प्रधानमन्त्रीको भनाइ थियो। ‘सरकार बनेदेखि नै संविधान संशोधनको प्रयास भएको हो, त्यसमा पर्याप्त प्रगति भएको छ । पूनर्निर्माणको काम सन्तोषजनक रुपमै अगाडि बढेको छ,’ उनले भने, ‘ देश सुशासन र विकास निर्माणतिर जाँदैछ, व्यवस्थापनका दृष्टिले सरकार बलियो बन्दै गएको छ।

उनले सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको भन्दैसं शोधनको पूर्वाधारका रुपमा विश्वासको वातावरण बनेको, मुद्दा फिर्ता, उच्चस्तरीय आयोग, भाषा आयोग, क्षतिपूर्ति, शहिद घोषणा लगायतका काम गम्भीरतापूर्वक भएको बताए। उनले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षसँग आफूले बारम्बार छलफल र संशोधनमा प्रीतपक्षी सहयोगी हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित: ५ मंसिर २०७३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App