काठमाडौं–राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । व्यवस्थापिका ससदको बुधबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग समिति गठनको घोषणा गरेकी हुन्। महाअभियोग समितिमा कांग्रेस– एमालेबाट चार÷ चार जना, माओवादी केन्द्रबाट दुई जना र एक जना राप्रपा नेपालका सांसद सदस्य रहेका छन्।
महाअभियोग सिफारिस समितिमा नेपाली कांग्रेसबाट फर्मुला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल र कुमारी लक्ष्मी राई एमालेबाट रेवतीरमण भण्डारी, सुशीला कार्की, केशव वडाल र पार्वत गुरुङ, माओवादी केन्द्रबाट अमलाल मोदी र रामनारायण विडाँडी तथा राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहने छन्। राप्रपा नेपालले यसअघि महाअभियोग सिफारिस समितिमा आफ्नोतर्फबाट प्रतिनिधित्व नगरे प्रधानमन्त्रीको सम्बोधन अवरोध गर्ने चेतावनी दिएको थियो।
प्रकाशित: ३ कार्तिक २०७३ १०:१० बुधबार