२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक दुर्घटनामा महिलाको मृत्यु

काठमाडौँ - गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिदाँ मृत्यु भएकाे थियाे।

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।रासस

 

प्रकाशित: ६ असार २०७५ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App