१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

चितवन – एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ।

भरतपुर महानगरपालिका वडा नं. ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए।

शरीरको विभिन्न भागमा तेजाब परेर महिला बिरामी भई अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन्।

अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को दुईबमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताए। पीडित महिला र उनका श्रीमानले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए। रासस

प्रकाशित: ५ असार २०७५ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App