१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाजेको सेकुवा खोल्न मजदूरहरूको आग्रह

काठमाडौं - बाजेको सेकुवा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका छन्। आइतबार दिउँसो उनीहरुले अनामनगरस्थित बाजेको सेकुवा रेस्टुरेन्ट उभिएर व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटीमा असर परेको भन्दै उनीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका हुन्।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकासहित चेतनाथ भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको थियो। उनलाई मुद्दा चलएपछि अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित १० वटा आउटलेट मध्ये ६ वटामा थप अनुसन्धानका लागि भन्दै शिलबन्दी गरेको थियो। भण्डारी हाल नेपाल नरहेकाले उनीहरु र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट शिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको छ । बाजेको सेकुवा प्रा.लि. अलगअलग भएको भन्दै आफूहरुको रोजिरोटी नखोसिदन सम्बन्धित निकायसँग आग्रह गरेका हुन्।

उनीहरुले गृहमन्त्रालयमार्फत आफ्ना गुनसाहरु सरकार समक्ष राख्ने पनि जानकारी दिए। ‘आउटलेट शिलबन्दीका कारण मजदुरहरु र मजदुर परिवारको दैनिक रोजीरोटीमा प्रत्यक्ष असर परेको छ यसले रोजगारीमा समेत असर परेको छ यसले समस्या समाधानभन्दा पनि समस्यालाई झन् बढाएको छ,’ कर्मचारी सुधिरविक्रम शाहले भने, ‘आफूहरु छिटै गृह मन्त्रालयमार्फत आउटलेट खोली मजदुरको समस्या बुझ्न सरकारलाई आग्रह गर्नेछौं।’

सरकारले गृह मन्त्रालयका प्रवक्ता ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय अनुसन्धान टोलीले यसअघि एमके भन्ने मोहन अग्रवालको घर, सुनचाँदी व्यवसायी राजेन्द्र शाक्यको पसलमा छापा मारी शिलबन्दी गरेको थियो। भण्डारी दम्पत्ति र अग्रवाल भने फरार रहेका छन् भने शाक्य पुपक्र्षका लागि थुनामा छन्।

प्रकाशित: ४ असार २०७५ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App