१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘स्थानीय तहका कर्मचारी पारदर्शी भएनन्’

साजन दलार्मी, वडाध्यक्ष
बागमति गाउँपालिका–५
जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने केके काम गर्नुभयो ?
२० बर्षपछि आएको स्थानीय सरकारप्रति स्थानीयको अपेक्षा धेरै छ । सबैले आफ्नो क्षेत्रको विकास हुन्छ भने आस पनि गरिरहनु भएको छ । हामीले उहाँहरुकै आशा र अपेक्षालाई मेटाउने कोशिस गरेका छौं । केही अपेक्षाहरु मेटाएका पनि छौं । केही अपेक्षा ५ बर्षको अन्तरालमा मेटाउने छौं।

अहिलेसम्म गरेका काम केके हुन् ?
जनताको मुख्य समस्यालाई नै हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाका केही काम गरिसकेका छौं । विकासका काममा पारदर्शी भएका छौं । स्थानीय तहको चुनाव नभएको धेरै भएको थियो । हामीप्रति जनताको अपेक्षा धेरै छ।

पहिलो बर्षमा धेरै काम भएको छैन । किनभने अन्य आन्तरीक व्यवस्थापनका काम भएका छन् । आउँदो ५ बर्षसम्म हामीले धेरै काम हुन्छ । चुनावी अजेन्डाका लगभग सबै काम पुरा गर्छौँ । म आएदेखि इकुडोल टोलमा मोटरबाट पुगेको छ । त्यस्तै, इकुठडोलको घना बस्ती भएको ठाउँ माझँखण्डमा मोटरबाटो पुगेको छ । मेरो वडामै पर्ने चिलालेखमा पनि मोटरबाटो बनाएको छु । अब उत्पादन भएको सागम्री बजार पुर्याउन स्थानीयलाई सहज भएको छ।

तपाईको वडाले ५ बर्षभित्र गर्न सक्ने कस्ता योजना अघि सारेको छ ?
हामीले सडक, शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य, पर्यटन विकास, कृषिमा आधुनिकरणलगायत योजना अघि सारेका छौं । यी योजना ५ बर्षभित्र पूरा हुने गरी काम अघि बढाएका छौं ।

पर्यटन विकास र कृषि उत्पादन बढाउने सन्दर्भमा केही काम सुरु भइसकेका छन् । यो क्षेत्र गाउँमा पर्ने भएकोले स्थानीय जनजीवनलाई कृषिबाट कसरी बदल्न सकिन्छ भन्नेबार हामीबले बहस र छलफल पनि गर्दै आएका छौं । त्यस्तै, माझखण्डमा केबलकारणको योजना पनि अघि सारेका छौं । यो काम पाँच बर्षमा पुरा हुन्छ । यस क्षेत्रका गुम्बा र मन्दिर बनाउन पनि लागिपरेका छौं ।

स्थानीय कस्तो समस्या बोकेर आउँछन?
स्थानीयका समस्या धेरै ठूला र जनप्रतिनिधिले गर्न नसक्ने खालका छैनन । जनताको माग सानो–सानो छ । सरकारबाट आएको बजेटलाई परिचालन गरी पारदर्शी भएर काम गर्ने हो भने ती अपेक्षा पुरा गर्न समय लाग्दैन । अहिले मेरो वडामा उत्पादन भएको तरकारी बजारीकरण गर्न, र यातायातको व्यस्था गरिदिन र खानेपानीको समस्या हल गरिदिन स्थानीयले माग राखेका छन्।

तपाईको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी हल गर्नुहुन्छ ?

मेरो वडामा सबैभन्दा बढी माझखण्ड र सल्लेडाडामा खोनपानीको समस्या छ । यो ठाउँमा २ घण्टा पानी बोकेर स्थानीयले आफ्नो दैनिकी गुजार्ने गरेका छन् । हामीले यसलाई मुख्य समस्याका रुपमा उठान गरेका छौं । पाँच बर्षमा यो समस्या हल हुन्छ।

तपाईको वडामा चालु आर्थिक बर्षमा कति बजेट आएको थियो ?
मेरो वडामा ७० लाख बजेट आएको थियो । यसमध्ये धेरैजसो काम भइसकेको छ।

कहाँ कहाँ कति बजेट खर्च भयो ?
खानेपानी आयोजनाका ५ वटा कार्यक्रम ग¥यौं, कृषकलाई अनुदान विउ वितरण, सडकलगायत योजनाका काम भएका छन् । अब यो बर्षमा गर्न सक्ने एउटा योजना छ । त्यो हो, कृषकलाई अभिमुखिकरण तालिम दिने।

तपाईको वडामा भुकम्पले ध्वस्त पारेका वस्ती र सम्पदाहरु पुनर्निर्माण कहिलेसम्म हुन्छन् ?
अझै पनि धेरै घरधुरी टहरामा छन् । केहीले घर बनाइसकेका छन् भने केहीले पहिलो र दोस्रो किस्ताको अनुदान पनि पाएका छन् । मेरो वडामा मैले पुनर्निर्माणको कामलाई प्राथकिमतामा राखेको छु ।

विद्युतीय हाजिर नहुँदा धेरैजसा स्थानीय तहमा कर्मचारी अनुपस्थित हुने गरेका छन्, तपाईको वडामा के छ ?
यस्तो समस्या लामो समयदेखि आएको थियो । अहिले पनि धेरैजसो कर्मचारी समयमै कार्यालय आउँदैनन् । उनीहरुलाई कस्नको लागि हामीले कडाई गरेका छौं । विद्युतीय हाजिर राख्ने सन्र्दभमा पनि सोच बनाएका छौं । हामीसँग अहिले पर्याप्त बजेट छैन । यदी गाउँपालिका र माथिल्लो निकायले आर्थिक सहयोग गर्यो भने यो पनि सम्भव छ ।

तपाईको वडा पर्यटकीय सम्भावना बोकेको क्षेत्र मानिन्छ, यसबारे वडाले के योजना बनाएको छ ?
हामीले पालिकास्तरकै गुरुयोजना बनाएका छौं । कुवलकारको अवधारण अघि सारेका छौं । गुम्बा र मन्दिर निर्माणलाई पनि मुख्य रुपमा उठाएका छौं । त्यस्तै यस क्षेत्रको अर्को मुख्य योजना राडर पनि हो । यसको लागि करिब ३५ लाख रकम विनियोजन भएको छ।

 आफ्नो वडाको शिक्षा क्षेत्रलाई कसरी व्यवस्थित पार्दै हुनुहुन्छ ?
 यो क्षेत्र शिक्षा क्षेत्रमा पनि धेरै पछि पर्दै आएको छ । मैले यो पाँच बर्षभित्र मेरो वडाका सबै स्कुलहरुमा अग्रेजी भाषामा सञ्चालन हुने बनाउँछु । त्यस्तै, शिक्षकलाई पनि तालिम दिने र योग्यता हेरेर जिम्मेवारी हेरेर योजना बनाएको छु । जे होस् पाँच बर्षमा यो सबै सफल हुन्छ भन्ने मलाई लागेको छ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
आफुमा भर पर्ने हो त्यो कुरा । अहिले स्थानीय तहमा धेरैजसो जनप्रतिनिधि कार्यालयमा नबस्ने समस्या छ । दक्षिण ललितपुरका अधिकांश गाउँपालिकाका वडा जनप्रतिनिधि भेटिन्न । यसमा माथिल्लो निकायले नै हेरफेर गर्नुपर्ने देखिन्छ।

तपाईंको वडाका अधिकांश सडक लथालिंग देखिन्छन् कहिलेसम्म सुधार्नुहुन्छ ?
सडकको अवस्था विजोग भएकोले नै यातायात सेवा पनि विजोग भएको हो । म आएपछि केही सडक सहज भएका छन्् । स्थानीयले उत्पादन भएको सामग्री बजारम्म पु¥याउन पाएका छन् । बर्खामा सडक बिग्रन्छ । त्यसैले हामीले यसलाई प्राथमिकतामा राखेका छौैं । पहिरो जादा पनि बाटो नबिग्रने गरी बाटो बनाउने काम भइहरको छ।

कर्मचारी कसरी परिचालन गर्नुभएको छ ?
स्थानीय तहमा अहिले ठूलो समस्या भनेको कर्मचारी परिचालन गर्न हो । धेरैजसो कर्मचारी समयमै आउँदैनन् । कर्मचारी सही समयमा आएका छैैनन् । जनप्रतिनिधि पनि वडामै बसेर काम गरेनन् भनेर गुनासो आएको छ । अन्य वडामा यो समस्या देखेको छु । जनस्वास्थ्य चौकीकाका कर्मचारी पनि समयमै आउँदैनन् । मेरो वडामा सकेसम्म कर्मचारीलाई सही जिम्मेवारी दिएर अघि बढेको छ।

विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
जनसहभागीता उत्साह जनक छ । पहिले दुःख पाएर बसेका स्थानीय जनप्रतिनिधि आएपछि खुशी भएका छन् । उनीहरुका सामान्य समस्या हामीले हल गरिसकेका छौ।

तपाईले आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
खानेपानीको समस्या हल, शिक्षा क्षेत्रलाई उचाईमा पुर्याउने, शैक्षिक क्षेत्रका सुधार । अग्रेजी मिडियममा पढाउनेलगायत सपना देखेको छु । यदी काम गर्ने हो भने पाँच बर्षमा यति काम गर्न कठिन छैन । हिजो जनताको दैलोका बोकेर गएका घोषणा पत्र अहिले पनि बेलाबेलामा पल्टाएर हेर्ने गरेको छु । तीनलाई कसरी मुक्त रुप दिने भनेर अभ्यास थालेको छु ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

 

प्रकाशित: ४ असार २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App