१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिरहा जिल्ला लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो।  (रासस)

प्रकाशित: ३ असार २०७५ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App