१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेपत्ताको खोजी कार्य जारी

संखुवासभा – अरुण तेस्रोको सुरुङ मार्गमा पुरिएकाहरूको खोजी कार्य जारी रहेको छ। मकालु गाउँपालिका ५ नुमको फ्याक्सिन्दा दोभान स्थित सुरुङ मार्ग निर्माणको क्रममा शुक्रबार राती करिब ८ः४० बजेतिर पहिरो खस्दा बुमर (निर्माण सामाग्री) सहित चार जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा कालिकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीया प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका– १ का ४४ वर्षीया प्रेम परियार, भारतको झारखण्ड बस्ने ५५ वर्षीया बुमर अप्रेटर बुधन मुन्डा, भारतकै बिहार बस्ने ४५ वर्षीया पम्प सहयोगी नन्द किशोर रहेका छन्।

३० मिटर लामो सुरुङ भित्र थुनिएकाहरू अक्सिजन र पानी सुरुङ भित्र भएकाको र पहिरो झरेको स्थानमा बुमर रहेकाले जिवित हुन सक्ने अनुमान गरिएको छ। तर भारि वर्षाका कारण खोजी कार्यमा समस्या भएको छ। पहिरो हटाउन ३ ओटा डोजर प्रयोग गरिएको छ।

घटना स्थलमा बराहदल गुल्मबाट नेपाली सेनाका १५ जना, सशस्त्र प्रहरी वेस क्याम्प मानेभञ्याङ्बाट १० जना, जिल्ला प्रहरी कार्यालयबाट ७ जना, भिमकाली गुल्म हेदाङ्ना गढीबाट १७ जना र सुरुङ मार्ग निर्माण स्थलमा सुरक्षार्थ खटिएका २० जना प्रहरी सहित खोजी कार्यमा सक्रिय रहेका छन्।

प्रकाशित: २ असार २०७५ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App