१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छोराले बिएमडब्लूसहित मरेका बाबु गाडे

अबुजा– आफ्ना बाबुलाई गाडी किनिदिने बाचा गरेका एक धनाढ्य छोराले बाबुको मृत्युपछि उक्त बाचा पूरा गरेका छन् ।नाइजेरियाका अजुबुइक नाम गरेका एक व्यक्तिले मरेका आफ्ना बाबुको शवसहित करिब ८८ हजार डलर पर्ने बिएमडब्लू पनि गाडेको समाचारले विश्वभर चर्चा पाएको छ ।

अजुबुइकले बाबुको शवसँगै गाड्नलाई पूरा पैसा तिरेर बिएमडब्लू किनेको नाइजेरियाको समाचार वेबसाइट एनएआइजी डटकमले उल्लेख गरेको छ ।
कार र मानिस दुवैका लागि बनाइएको चिहान मृतककै गाउँमा मानिसकै हातबाट खनिएको बताइएको छ । सिल्भर रंगको बिएमडब्लू कार चिहानमा गाँडिदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मरेका मानिसको शवसँगै त्यत्ति महँगो कार गाडिएपछि स्थानीयवासीले भने बिएमडब्लूमा रहेको स्याटेलाइट न्याभिगेसन प्रणालीले मरेका मानिसलाई स्वर्गको बाटो पहिल्याउन सजिलो हुने भन्दै ठट्टा गरेको नाइजेरियाको समाचार वेबसाइट एनएआइजी डटकमलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
गरीब क्षेत्रको गाउँमा खुल्लम–खुल्ला रूपमा पैसाको दुरुपयोग गरिएको भन्दै कतिपय गाउँले भने दुःखी भएको बताइएको छ । बाबुको शवसँगै महँगो बिएमडब्लू गाड्नु ढोंगी कार्य भएको भन्दै एक मानिसले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ,‘जो कोहीले आफ्ना आमाबाबु जिवितै रहँदा कार र मरेपछि कफन किनिदिनु पर्छ ।’ त्यसैगरी अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले बाबुको शवसँगै महँगो कार गाड्ने कार्य पागलपन र स्वार्थी काम भएको उल्लेख गरेका छन् ।

यद्यपी मानिसको शवसँगै महँगो गाडी पनि गाडिएको यो घटना पहिलो भने हैन । यसअघि पनि यस्ता घटना कैयौं पटक बाहिर आएका छन् । सन् २०१५ मा पनि नाइजेरियाकै इनुगु राज्यको इनुगु सहरका एक अर्बपतिले आफ्नी आमाको शवसँगै महँगो हम्मर गाडी गाडेका थिए । त्यसैगरी चीनमा पनि एक मानिसलाई उनको मृत्युपछि उनकै प्रिय कारमा राखेर अन्तिम संस्कार गरिएको थियो ।
हाइलाइट्स ः मरेका मानिसको शवसँगै त्यत्ति महँगो कार गाडिएपछि स्थानीयवासीले भने बिएमडब्लूमा रहेको स्याटेलाइट न्याभिगेसन प्रणालीले मरेका मानिसलाई स्वर्गको बाटो पहिल्याउन सजिलो हुने भन्दै ठट्टा गरेको नाइजेरियाको समाचार वेबसाइट एनएआइजी डटकमलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

क्याप्सन ः चिहानमा बिएमडब्लू गाड्दै कफन उठाउने मानिस । तस्बिर ः डेली मेल

प्रकाशित: १ असार २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App