१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

काठमाडौं– नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षणका क्रममा उनले अभ्यास ईलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए। 

फायरिङ्ग अभ्यासमा सहभागी फौजहरुले गरेको प्रदर्शनको अवलोकन पश्चात उनले सहभागी फौजलाई सम्बोधन समेत गरेका थिए। सम्बोधनको क्रममा उनले यस प्रकारको अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिबृद्धि हुन जाने विश्वास व्यक्त गरे।

सो अवसरमा बलाध्यक्ष रथी हेमन्तराज कुंवर, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देवकुमार सुवेदी, युद्धकार्य महानिर्देशक उपरथी शरद कुमार गिरी, मध्यपूर्वी पृतनापति उपरथी ईश्वर हमाल लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App