१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अमेरिकी सहयोगमा निर्मित स्वास्थ्य केन्द्र हस्तान्तरण

भवन हस्तान्तरण समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज। तस्बिर : केशव थोकर

सिन्धुपाल्चोक– भूकम्पको समयमा भत्किएको बाह्रविसे स्थित स्वास्थ्य केन्द्र अमेरिकी सहयोगमा पुननिर्माण गरेर हस्तान्तरण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्तरूपमा सिन्धुपाल्चोक जिल्लास्थित नवनिर्मित बाह्रबीसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको हस्तान्तरण गरेका हुन्।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत १८ लाख डलरको लागतमा उक्त पुनर्निर्माण परियोजना सम्पन्न भएको हो। परियोजनाअन्तर्गत दुई नयाँ भवन निर्माण गर्नुका साथै साबिकको एक भवनको जीर्णोद्धार गरिएको छ भने सबै भवनलाई पूर्ण रूपमा स्वास्थ्य मन्त्रालयका मापदण्ड बमोजिम सुविधा सम्पन्न बनाइएको छ।

१५ शय्याको बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु र जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिला तथा आमाहरू लगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न सक्ने अनुमान गरिएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App