१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रिजुलाई ‘मिस नेवा’ उपाधि

काठमाडौं– काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्।

नेप्लिज फेसन होमले नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्न आयोजना गरेको प्रतियोगितामा विजेता रिजुले ताजसहित २० हजार रुपैया“सँगै विभिन्न उपहार पाइन् । उनले विधागततर्फको ‘पब्लिक च्वाइस अवार्ड’ पनि सुरक्षित गरिन्।

प्रतियोगितामा सरिसा श्रेष्ठ ‘फस्र्ट रनर अप’ र मतिना मानन्धर ‘सेकेण्ड रनरअप’ हुँदा उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैया“ पाए । मतिनाले ‘मिस पर्सनालिटी’को विधागत अवार्ड पनि जितिन् । प्रतियोगितामा सृष्टि शाक्यले पा“च हजार रुपैया“ राशीको ‘मिस ट्यालेन्ट’ उपाधि जित्दा  अञ्जु श्रेष्ठ ‘बेस्ट डे«स’, सरिना महर्जन ‘उत्कृष्ट नेपाल भाषा’, सन्ध्या श्रेष्ठ ‘बेस्ट स्किन’, मिलु श्रेष्ठले ‘मिस डिसिप्लिन’, बिना महर्जन ‘बेस्ट स्माइल’, प्रदीका श्रेष्ठ ‘मिस फ्रेण्डशिप’, उस्मी श्रेष्ठ ‘मिस फोटोजेनिक’, राधा श्रेष्ठ ‘बेस्ट वाक’ भए।

प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।  

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App