१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चामल अभाव हुँदा रित्तो हात फर्कदै उपभोक्ता

जुम्ला – नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा चामल अभाव हुँदा स्थानीय उपभोक्ता रित्तोहात फर्कने गरेका छन् । दुई हप्ता अगाडि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै पनि प्रकारको चामल मौज्दात नभएकोले उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका हुन्।

खाद्य संस्थान जुम्लाका वरिष्ठ सहायक घनश्याम अर्यालका अनुसार  जिल्ला कारागार शाखाको लागि पठाउने ३८ क्वीन्टल चामल मात्रै मौज्दात छ । कारागारलाई महिनाको ११ क्वीन्टल चामल दिने गरिएको छ। सरकारले जन्म र मृत्युमा समेत चामल दिने गरेकोमा उपलव्ध हुँदै आएको छ । उपभोक्तालाई उपलव्ध हुने चामल दिन सकिएको छैन। 

उनले भने, केन्द्रीय कार्यालयले चामलको मूल्य निर्धारण नगर्दा सम्म अभाव रहिरहने देखिन्छ । पटक पटक जापानिज चामलको मूल्य तोकेर उपभोक्तालाई सहज बनाउन केन्द्रीय कार्यालयलाई आग्रह गर्दै आएको छ । मूल्य नतोकिदा नेपालगंज अञ्चल कार्यालयदेखि आएको ३ सय ४० क्वीन्टल ५० केजी जापानिज चामल थन्किएको छ । यो वर्ष जुम्ला शाखालाई ८ हजार क्वीन्टल चामलको कोटा तोकिएको थियो । राजापुर, नेपालगंज र सुर्खेतको डिपोवाट चामल जुम्लाका लागि आउने गर्छ। 

अहिलेसम्म जापानिज सहित ४ हजार ६ सय ६१ क्वीन्टल चामल आइपुगेकोमा मूल्य नतोकिएका कारण जापानिज चामल थन्काउनु परेको छ । जापानिज चामलको मुल्य केन्द्रीय कार्यालयले तोक्नु पर्छ। 

संस्थानमा अरुवा मोटा, मकवानपुरे, सोनामन्सुली, अरुवा मध्यम, र बंगलादेशी उसिना चामल आउने गरेको छ। अहिले यी सबै प्रकारको चामल संस्थामा छैन । चामल किन्नकै लागि संस्थानमा आउने उपभोक्तालाई रित्तो हात फर्काउछौ, संस्थान जिल्ला शाखा जुम्लाको मर्म वुझ्नको लागि स्थानीय सञ्चार माध्यम मार्फत प्रचारप्रसार गर्दै आइराखेका छौ, उनले भने । दैनिक १२ देखि १५ जना सम्म उपभोक्ता चामल किन्न आएर रित्तोहात फर्कन्छन।

वरिष्ठ सहायक अर्यालका अनुसार दुई हजार क्वीन्टल चामल नेपालगंज, दुई हजार राजापुर र दुई हजार क्वीन्टल सुर्खेतवाट आउनु पर्ने थियो। बाँकी दुई हजार चामल कहाँबाट कसरी आउने भन्ने विषयमा अन्यौलता रहेको उनको भनाई छ। ठेकेदारसँग ६ हजार क्वीन्टल चामलको मात्रै सम्झौता गरिएको छ । यहाँ आउने चामल डोल्पाको काईगाउँ, दुनै, सर्मि र लिकु डिपोमा पठाउने गरिएको छ। 

ऋण गरेर चामल किन्न आएका उपभोक्ता संस्थानबाट चामल नपाएपछि चर्काे मूल्य तिरेर सदरमुकाम बजारबाट चामल लिने गरेका छन्।   संस्थानमा चामल नहुँदा खेतीपातीको समयमा जुम्लाका सेवाग्राहीलाई खाद्यन्न जुटाउन समस्या पर्दै आएको छ। बजार भन्दा केही सस्तो पाउने आशमा गएका उपभोक्ता बजारको चर्काे मूल्यमा चामल किनेर घर फर्किने गरेका छन्। करिब ५/६ घण्टा पैदल हिडेर आएका सेवाग्राहीलाई संस्थानले चामलको मूल्य निर्धारण गरिएको छैन भन्दै रिक्तो हात घर फर्काउने गरिरहेको छ।  चामल आउने क्रममा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका निमित्त शाखा प्रमुख पुर्ण बहादुर थापाले जानकारी दिए। चामल नलिएर घर फर्किनेको संख्या करिब १ सय भन्दा बढी रहेको उनको भनाई छ। 

प्रकाशित: १२ जेष्ठ २०७५ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App