१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

सुर्खेत- कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका छन्। बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

सचिव झाले मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको बताए । ‘मेरो सुरक्षाका लागि खटिएका सशस्त्र बन रक्षकका जमदारले बाहिरबाट ढोका बन्द गरेकाले ठूलो घटना हुन पाएन्’ उनले भने, ‘कार्यकक्षबाट बाहिर निस्कन पनि असुरक्षा महशुस भइराखेको छ ।’

बैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेका थिए । उनले ‘अनियमित रकम’ दिन नमिल्ने बताएपछि युवाहरुलाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले सचिव झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएर तीनै जनालाई पक्राउ गरिएको बताए । ‘पक्राउ परेकाहरुले हातपात नभएको बताएपछि हामीले छोडेका छौं’ डिएसपी चौधरीले भने।

प्रकाशित: ९ जेष्ठ २०७५ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App