१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विरामी खोज्दै 'शिविर'

दैलेख– ठाटीकाँध गाउँपालिका १ का ८२ वर्षीय गोलु उपाध्याय १ घण्टा हिँडेरै प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा आए । आफैँ नाम दर्ता गराए, स्वास्थ्यमा कुनै समस्या नआएपनि उनको आखाँमा देखिएको समस्या सुनाए । 

आखाँ उपचार केन्द्र दैलेखका प्रमुख प्रकाश शाहीले उनको आखाँ चेक गरे । सामान्य उपचारपछि पठाए । उमेर ८२ पुगेका उपाध्याय अझै फुर्तीला, जागरिला छन् । ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोग र प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको समन्वयमा भएको स्वास्थ्य शिवर तथा एकिकृत घुम्ती गरिएको थियो । 

उपाध्यायजस्ता धेरै जेष्ठ नागरिकहरुले घरदैलोमै विशेषज्ञ डाक्टरबाट सेवा लिए । गाउँपालिकाको सहयोगमा घरदैलोमै बिरामी खोज्दै स्वास्थ्य शिविर गरिएको थियो । हामी पहिलो प्राथमिकता नागरिकहरुको स्वास्थ्यमा दिनुपर्छ भनेर स्वास्थ्य शिविरको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । सबैको पहुँच स्वास्थ्यको होस् भनेर गाउँघरमै विशेषज्ञ डाक्टरबाट शिविर गरेको शाहीको भनाई छ ।

शिविरमा दाँत, अपाङ्गता परिचय पत्र वितरण र नागरिकता प्रमाणपत्र वितरण विसाल्ला र लकान्द्रबाट गरिएको थियो । स्वास्थ्य शिविरमा विशेषज्ञ सेवाहरुमा नाक, कान, घाटी, गाइनो, जनरल मेडिसिन, आखाँ, दन्त सेवा, एक्स–रे, युएसजी सेवा (निशुल्क) गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकास साहले बताए । 

त्यस्तै परिवार नियोजनमा पुरुष बन्ध्याकरण, महिला बन्ध्याकरण, आइसिओ इनपलान्ट सेवा दिइएको थियो । शिविरमा स्वास्थ्य शिक्षा दिइएको थियो । १२ सय नागरिकले स्वास्थ्य चेकजाँच गराएका थिए भने, १६ सयले स्वास्थ्य शिक्षा पाएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. निराजन पन्त, डेन्टल डा. मनिषा न्यौपाने, डा. मधुसुदन ढकाल, डा. शम्वु खनाल, डा. एदुनाथ बराल, डा. विकास साहको टोली स्वास्थ्य शिविरमा चेक जाँच, उपचार तथा जटिल विरामीलाई रिफर गरेका थिए ।

प्रकाशित: २० वैशाख २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App