१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

जापान- आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले आयोजना गरेको चौथौं शान्ति पदयात्राका क्रममा सहभागीहरूले विश्व शान्तिको कामना गर्दै शहर परिक्रमा गरे।

'गौतम वुद्धको जन्मस्थानबाट विश्व शान्तिको कामना गर्छौं '

'गौतम वुद्ध लुम्बिनीमा जन्मीएका हुन् '

'लुम्बिनी नेपालमा पर्दछ'

'नेपाल-जापान सम्बन्ध अमर रहोस्' भन्ने नारा लगाउँदै सहभागीहरूले व्यस्त शहरलाई परिक्रमा लगाउँदै गर्दा बाटोमा हिड्दै गरेका अन्य जापानी नागरिकले समेत “नेपाल नेपाल” भन्दै सहभागीलाई हौस्याईरहेका थिए। कतिपय बटुवा भने पदयात्राका सहभागीहरूका तस्बिर खिच्न व्यस्त देखिन्थे। पदयात्राकै क्रममा आयोजक समूहका केही सदस्य भने भिडलाई नियालीरहेका जापानीहरूलाई नेपाल र वुद्धका बारेमा जानकारी दिईएको पम्प्लेट बितरणमा व्यस्त देखिन्थे।

नेपाली मौलिक भेषभुषामा सजिईएका नेपाली सहभागीप्रति जापानीहरू निकै आकर्षित भएका थिए। 'गौतम वुद्धको जन्मस्थानलाई लिएर छिमेकि मुलुक भारतले जसरी बिश्वमा भ्रम फैलाउने कार्य गरेको छ त्यसलाई थोरै भएपनि चिर्ने प्रयास हामीले गरेका हौं' ,कार्यक्रम पश्चात् नागरिकन्युज संग कुरा गर्दै एनआरएन जापानका उपाध्यक्ष तथा शान्ति पदयात्राका संयोजक सरोज कुमार खत्रीले भने,'आजको पदयात्राबाट पनि धेरै जापानीलाई वुद्ध नेपालमा जन्मीएको वास्तविक सन्देश प्रवाह भएको छ।'

'जापानजस्तो मुलुकमा यसरी कार्यक्रम आयोजना गर्नु निकै कठिन भएपनि प्रवासबाट जन्मभुमीलाई गर्नसक्ने कार्य हामीले गरेका हौं',अर्का संयोजक लेलिन भट्टचनले भने, 'पदयात्रा बाट वुद्धको जन्मथलोको जानकारी दिने कार्यको साथै केही हद सम्म भएपनि नेपालको प्रचार भएको हामिले विश्वास गरेका छौं।'

सिन्ज्युकु सेन्टर पार्कमा भेला भई सुरु भएको पदयात्रा सिन्ज्युकु ग्योएनमाए पार्कमा पुगेर सम्पन्न भएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App