१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

जापानमा 'गोरखा' भूकम्पको सम्झना

जापान- विनासकारी “गोरखा भूकम्प”मा परि निधन भएकाहरूको सम्झनामा जापानको योकोहामा शहरमा श्रद्धाञ्जली सभा गरिएको छ। कानागावा नेपाली समुदायले भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

जापानी तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सभामा सहभागीहरूले निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन पनि गरे। कार्यक्रममा नेपाली दूतावासका उप नियोग प्रमुख कृष्ण चन्द्र अर्यालले महाभूकम्पको बेला जापानी नागरिक र सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा कानागावा ईन्टरनेसनल फाउन्डेसनकी अध्यक्ष मिजुता हिदेकोले सन् २०११ मा जापानमा गएको भूकम्पका बेला जापानबासी नेपालीले गरेको सहयोग अविस्मरणीय रहेको बताईन्।

त्यस्तै कार्यक्रममा कानागावा नेपाली समुदायका अध्यक्ष हरि सापकोटाले जापान र नेपाल दुबै देश भूकम्पिय दृष्टिले जोखिमयुक्त रहेको भन्दै दुबै देशका नागरिकहरू जम्मा भएर दुबै देशका भूकम्पमा परि ज्यान गुमाएकाहरूको सम्झनामा कार्यक्रम आयोजना गरेको बताए। कार्यक्रममा जापानी नागरिक इसीकावा बोनले निर्माण गरेका “संसारकै सबैभन्दा सुन्दर गाउँ” नामक डकुमेण्ट्री समेत प्रदर्शन गरिएको थियो।कार्यक्रममा जापानी तथा जापानबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमलाई कानागावा नेपाली समुदायका संरक्षक जिज्ञान कुमार थापाले संचालन गरेका थिए।

 

 

प्रकाशित: १४ वैशाख २०७५ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App