१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

अमेरिका- नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने  जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स एसोसियनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिने यस पुरस्कारका लागि डा पाठक शुक्रबार छनौट भएको घोषणा गरिएको हो।

अर्थशास्त्रमा विश्वभर लोकप्रिय अमेरिकाको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका डा पाठकले शिक्षा क्षेत्रको नीति तथा बजार डिजाइनबारे गरेको सफल अध्ययनको लागि सो अवार्ड प्रदान गरिएको अमेरिकन ईकोनोमिक एसोसिएसन द्धारा जारी विज्ञप्तिमा उल्लेख छ। हरेक दुई बर्षमा वितरण गरिने यस पुरस्कार पाउने उनी ४१ औ व्यक्ति हुन। अमेरिकन अर्थशास्त्री जोन विट्स क्लाकको नामबाट यस पुरस्कार स्थापना गरिएको हो।

सन् १९४७ मा स्थापना गरिएको यस पुरस्कार अमेरिकामा प्रख्यात युवा वैज्ञानिक तथा अर्थशास्त्रिलाई दिईन्छ। यस पुरस्कार आगामी जनबरीमा हुने अमेरिकन ईकोनोमिक्स एसोसियसनको बार्षिक साधारणसभामा विश्वभरीका १५ हजार वैज्ञानिक तथा अर्थशास्त्रिको उपस्थितिमा वितरण हुने पुरस्कृत डा पाठकले नागरिकलाई बताए। नागरिकसंग कुरा गर्दै डा पाठकले आफुले अमेरिकन अर्थतन्त्र र शिक्षा क्षेत्रमा अनुसान्धनात्मक कामको मुल्यांकन स्वरुप यस पुरस्कारमा छनौट भएको बताए। आफु निकै खुसि रहेको र आफुले गरेको यस अध्ययनबाट १० लाख अमेरिकन विद्यालयमा पढ्ने विधार्थीहरु लाभान्वित भएको बताए। अमेरिका भरी पव्लिक स्कुलमा अध्ययनका लागि उनले गरेको रिसर्चलाई अमेरिकाको १० लाख पव्लिक स्कुलले प्रयोग गर्दै आएको छ। जसलाई सफल अध्ययनका रुपमा लिईन्छ।

पाठकले गरेका अध्ययनले सार्वजनिक विद्यालयमा शिक्षा प्रणाली सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको अमेरिकन ईकोनामिक्स एसोसियसनको भनाइ छ। विद्यालयको शिक्षा सम्बन्धी गहन तथा धेरैवटा अध्ययन गरेका पाठकले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि नयाँ प्रणाली विकास गनुपर्ने पक्षमा वकालत गरेका छन्। सार्वजनिक नीतिको संज्ञानात्मक तथा प्रायोगिक प्रणाली सम्बन्धी नवीन अवधारणा प्रस्तुत गरेका पाठकले नीतिगत सुझावको प्रभाव धेरै सकारात्मक मानिन्छ। शुक्रबार जारी एसोसियसनको विज्ञप्तीमा पाठकको अध्ययनले सार्वजनिक विद्यालयका लाखौँ विद्यार्थीको अवस्था परिवर्तन गर्न महत्वपूर्ण योगदान गरेको भन्दै यस पुस्कारमा छनौट गरिएको उल्लेख गरिएको छ।

१९८० मा न्युयोर्कमा जन्मेका ३७ वर्षिय पराग पाठकका बुबा आमा काठमाडौंबाट अमेरिकाको न्युयोर्क शहरमा १९७० सरेको उनले बताए। डा पाठकले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन्। ‘दपाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’नामक छात्रवृत्ति पाएर सन् २००७ मा व्यवसायीक अर्थशास्त्र (बिजनेश इकोनोमिक्स) विषयमा विद्यावारिधि गरेका छन्। पाठक सन् २००२ देखि सन् २००३ सम्म अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेला रहेका थिए।

 

 

प्रकाशित: ९ वैशाख २०७५ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App