"
मंगोलियन हर्टकाे रजत वर्ष

२५ रुपैंयाँमा कन्सर्ट

बुधबार, ०५ बैशाख २०७५, ०९ : ३४ नागरिक


काठमाडौं – सामान्यता सांगीतिक कन्सर्टको टिकट मूल्य सयभन्दा बढी नै हुन्छ । अझ बफे डिनरसहितका कन्सर्टमा त टिकट मूल्य ५ हजारबाट सुरु हुन्छ।

आगामी वैशाख ८ गते राजधानीमा चर्चित सांगीतिक व्यान्ड ‘मंगोलियन हर्ट’ले आयोजना गर्न लागेको ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’मा भने दर्शकले केवल २५ रुपैंयाँमा नै व्यान्डका चर्चित गीत सुन्न पाउनेछन्।

व्यान्डका प्रमुख गायक राजु लामाले व्यान्ड स्थापनाको २५ वर्ष पुगेको अवसरमा कन्सर्ट हेर्न आउने दर्शकका लागि २५ रुपैंयाँको टिकट तोकिएको बताए । ‘यो कन्सर्ट व्यावसायिक कन्सर्ट हुनेछैन।

व्यान्ड स्थापनाको २५ औं वर्षलाई उत्सवको रुपमा मनाउन कार्यक्रम गर्न लागेका हौं,’राजुले मंगलबार पत्रकारमाझ भने,‘हामीले कन्सर्टबाट उठेको रकम टुसाल क्लबलाई हस्तान्तरण गर्नेछौं । यो क्लबले सामाजिक सेवामा आफूलाई सक्रिय बनाइरहेकाले कन्सर्टको रकम सामाजिक काममा लगाउने निर्णय गरेका हौं ।’उनले  आफैले सामाजिक काम गर्दा त्यसको व्यवस्थापन गर्न गाह«ो हुने भएकाले स्थानीयसंस्थासँग सहकार्य गरेको बताए।

राजुले कन्सर्टलाई व्यान्डमा आबद्ध पुराना सदस्यसँगको पुनर्मिलनसँगै समीक्षा र सम्झनाको माध्यम बनाइने बताए । ‘हामी २०७५ साल भित्र देशका प्रमुख २५ स्थानमा विभिन्न चरणमा कन्सर्ट गर्दैछौं । सम्भवत दशैं अगाडिबाट कन्सर्टमार्फत देश घुम्नेछौं,’राजुले भने,‘हामी सबै ठाउँमा हुने कन्सर्टमा स्थानीय संस्थासँग सहकार्य गर्नेछौं । कन्सर्टबाट उठेको रकम समाजसेवामा खर्चने भएकाले पनि सहयोगको ज्यादा अपेक्षा राखेका छौं ।’

व्यान्डका व्यवस्थापक बबी लामाले कन्सर्टका लागि सम्पूर्ण तयारी भइरहेको बताए । ‘हामीले कन्सर्टस्थलको सुरक्षादेखि हरेक किसिमका सुविधा दर्शकलाई दिने काम गरिसकेका छौं ’ उनले भने । राजधानीको टुसालस्थित ह्यात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा व्यान्डले ‘उँभोउँभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाइटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा बिझ्यो सिरानी’, ‘हल्ला चलेछ’ लगायतका गीत चर्चित सुनाउनेछ।

सन् १९९३ मा स्थापना भएको व्यान्डले हालसम्म ‘सोल्टिनी’, ‘मंगोलियन हर्ट’, ‘मंगोलियन हर्ट २’, ‘मंगोलियन हर्ट ३’, ‘मंगोलियन हर्ट ४’, ‘मंगोलियन हर्ट ५’ र ‘मंगोलियन हर्ट ६’ एल्बम बजारमा ल्याइसकेको छ । व्यान्डले ह्यातको कन्सर्टमै नयाँ एल्बम पनि सार्वजनिक गर्नेछ ।
व्यान्डमा प्रमुख गायकमा राजु लामा, गिटारमा बबी लामा, गितारमा किरण नगरकोटी, ड्रम्समा सन्तोष थापा र बेसमा पवन कपाली छन्।

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...