१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीप सिक्दै अशक्त व्यक्तिहरू

पाँचथरको रानीटारमा तालिममको क्रममा अपाङ्गता भएका युवायुवतीले बनाएका बाँसका समाग्री। तस्बिरः नागरिक

पाँचथर – शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनका लागि सीप सिकाइएको छ। फिदिम नगरपालिका–७ रानीटारका सात जना अपाङ्ता भएका युवायुवतीलाई गाउँघरमा सहजै उपलब्ध हुने बाँसका सामाग्री बनाउने तालिम दिइएको छ।

उनीहरूलाई घरमै बसेर आयआर्जन गर्न सकुन भनेर पौरखी अपाङ समाजले १५ दिने तालिम दिएको हो। तालिममा सहभागिलाई बाँसको मुढा,सोकेस,आल्ना,टेबलजस्ता समाग्री बनाउन सिकाइएको छ। सहभागिले उत्सुकताका साथ सीप हासिल गरेको प्रशिक्षक चुडामणी बाँस्कोटाले बताए।

सानो लगानीमा आयआर्जनका लागि सीप हस्तान्तरण गर्ने गरी तालिम दिइएको हो। सिकेको तालिम व्यवहारीक रुपमा कार्यान्वयन गर्नका निम्ती समेत सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष अमर राईले जानकारी दिए। फिदिम नगरपालिकाको वाड नम्बर ७ को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

प्रकाशित: ७ चैत्र २०७४ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App