१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साउथह्याम्पटनद्वारा प्रशिक्षक बर्खास्त

लन्डन – इङ्लिस प्रिमियर लिगको संघर्षरत टोली साउथह्याम्पटनले सिजनको लिगमा आठ खेल मात्र बाँकी रहेको अवस्थामा अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पेलेग्रिनोलाई सोमबार बर्खास्त गरेको छ।

पेलेग्रिनोले तीन वर्षको सम्झौतापत्रमा हस्ताक्षर गर्दै गत जुनमा साउथह्याम्पटनको टोली सम्हालेका थिए । तर लगातारको कमजोर प्रदर्शनका कारण रेलिगेसन क्षेत्रभन्दा एक अंकले मात्र माथि रहेका कारण ४६ वर्षे प्रशिक्षकलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।
‘क्लबले नयाँ प्रशिक्षकको खोजी सुरु गरिसकेको छ । जति सक्दो चाँडो क्लबले उनको ठाउँमा नयाँ प्रशिक्षक नियुक्त गर्नेछ,’ क्लबद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

पेलेग्रिनोको बर्खास्तगीसँगै सहायक प्रशिक्षकद्वय कार्लोस कोम्प्यागनुची र जेभियर टामारिटले पनि क्लब छोडेका छन् । अत्यन्तै खराब फर्मबाट गुज्रिइरहेको टोलीले प्रिमियर लिगका पछिल्ला १७ खेलमध्ये एकमा मात्र जित हासिल गर्न सकेको थियो । यसदौरान हरेक खेललगत्तै पेलेग्रिनोको जागिर धरापमा पर्दै आएको थियो । शनिबार रेलिगेसनबाट जोगिन संघर्षरत अर्को टोली न्युक्यासलसँग ३–० को नतिजामा पराजित भएपछि भने क्लबले उनलाई बर्खास्त गर्ने निर्णय लिएको हो।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App