१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जितेन राई बने पाँचौ भोजपुर आइडल

भोजपुर – पाँचौ भोजपुर आइडलको उपाधी भोजपुर नगरपालिका १० भैसीपंखाका जितेन राईले जितेका छन्। कटुन्जे युवा क्लब धोद्लेखानीद्वारा आयोजित पाँचौ भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगी मध्ये राईले उपाधी चुमेका हुन्।

फाइनलमा गायक दिपक वान्तावा र  कला राईको निर्णय तथा भोटिङका आधारमा राई पाँचौ भोजपुर आइडल घोषित भएको हो। राईले ट्रफी, प्रमाण पत्रको साथमा नगद एक लाख र विभिन्न अवसरहरु पाएका छन्।

त्यस्तै उत्कृष्ट स्वर तर्फ भोजपुर नगरपालिका १२ का दिपक शाक्य, अनुशासनमा अरुण गाउँपालिका एक याङपाङकी अनिता आले मगर उत्कृष्ट व्यक्तित्व रामप्रसाद राई गाउँपालिकाका सुजन राई, उत्कृष्ट प्रस्तुति हतुवागढी गाउँपालिकाका कमल राई घोषित भएका छन्।

उत्कृष्ट स्वरले नगद २० हजार तथा अन्य सबैले १० हजार सहित ट्रफी प्रमाण पाएका छन्। अवसरको अभावमा साघुँरो भुगोलमा रम्न बाध्य कलाकारहरुलाई संगीतको मुलधारमा ल्याउने उद्देश्यका साथ कटुन्जे युवा क्लब विगत ६  वर्ष प्रतियोगिता गराउदै आएको छ। साथै शनिबार नै छैटौ भोजपुर आइडलको दास्रो अडिसन समेत सम्पन्न भएको छ।

प्रकाशित: २७ फाल्गुन २०७४ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App